११ पुष २०८१, बिहीबार

सुदूरपश्चिमका दुई कम्पनी कालोसूचिमा



धनगढी । सरकारले सुदूरपश्चिमका दुईसहित देशभरीका चार वटा कम्पनीलाई कालोसूचिमा राखेको छ । कामको जिम्मेवारी लिने र तोकिएको समय र गुणस्तरमा काम नगरेको भन्दै सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाइएको छ ।


सरकारले सार्वजनिक गरेको कालोसूचिमा धनगढीस्थित तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स र बझाङको श्रीकृष्ण कन्स्ट्रक्सन–त्याडी निर्माण सेवा जेभी रहेका छन् ।
तिवारी मेडिसिन डिष्ट्रिव्युटर्सलाई दुई वर्ष र श्रीकृष्ण कन्सट्रकसनलाई एक वर्षका लागि कालोसूचिमा राखेको जनाइएको छ ।
त्यस्तै, होराइजन बिल्डर्स पोखरा र ओम श्रीओम इन्टरप्राइजेज मिनभवनलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक देखि दुई वर्षसम्म ती कम्पनीलाई कालोसूचीमा राखेको हो । पोखरा नगरपालिका, स्वास्थ्य निर्देशनालय डोटी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सम्बन्धित कार्यालयबाट लेखिआएअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको मंसिर ६ को निर्णय अनुसार कालोसूचीमा राखिएको हो ।
यसअघि सरकारले अन्य निर्माण कम्पनीलाई समयमा काम नगरेको भन्दै कालो सूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार