२९ पुष २०८१, सोमबार

उद्योगीहरूको गुनासो– उद्योगमैत्री वातावरण निर्माण गर्न ध्यान दिइएन



धनगढी । उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेश सरकारले उद्योगमैत्री वातावरण निर्माणमा ध्यान नदिएको गुनासो दोहोर्‍याएका छन् । उद्योगी व्यवसायीहरूले प्रदेशमा उद्योग सञ्चालनको प्रचूर सम्भाव्यता भए पनि सरकारले उचित ध्यान नदिएको गुनासो गरे ।


‘उद्योग र पूर्वाधार : समृद्धिको आधार’ भन्ने नाराका साथ सोमबार धनगढीमा आयोजित पाँचौं उद्योग दिवसमा सहभागी उद्योगी व्यवसायीहरूले प्रदेश सरकारसंग साना तथा उद्योगी व्यवसायीका समस्यालाई ध्यानमा राखेर् औद्योगिक नीति बनाउन आग्रह गरे ।
‘देशको विकास गर्न उद्योग आवश्यक छ’ कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले भने– तर, प्रदेशका व्यवसायीहरू उद्यमी बन्न सकिरहेका छैनन् । उनले साना तथा मझौला उद्योग प्रदेशमा सञ्चालन भइरहे पनि ठुलो उद्योग स्थापना गर्न सक्ने वातावरण नभएको बताए ।
‘यहा“ लगानी गर्ने वातावरण नभएपछि यस प्रदेशका धेरै व्यवसायीहरूले अन्य प्रदेशमा ठुला उद्योग सञ्चालन गरेका छन्’ उनले भने– हाम्रा व्यवसायीहरू यहा“ लगानी गर्न नसक्ने अवस्थामा पुगेकै कारण यस प्रदेशका १३ ठुला उद्योग अन्य प्रदेशमा स्थापना भएको अवस्था छ ।
उनले घरेलु उद्योगहरू पनि व्यवस्थित हुन नसकेको बताए । भने– घरेलु उद्योग सञ्चालन गरिरहेका व्यवसायीहरू आफैले सामान उत्पादन गर्छन्, आफै बजारमा पुर्याउ“छन् । यसरी न त उद्योग फस्टाउ“छ, न त बजारको माग अनुसारको उत्पादन नै गर्न सकिन्छ ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कु“वरले जग्गा मह“गो हु“दा प्रदेशमा ठुलो उद्योगको लागि लगानी आउन नसकेको बताए । ‘बाहिरका लगानीकर्ता यहा“ लगानी गर्न चाहन्छन्, तर उद्योगमा भन्दा जग्गामा बढी लगानी गर्नुपर्ने अवस्था छ जसले गर्दा लगानीकर्ताहरू पछि हटिरहेको अवस्था छ । अध्यक्ष कुवरले राज्यले उद्योग सञ्चालन गर्ने व्यक्तीलाई जग्गा, कर लगायतमा सहुलियतको व्यवस्था गर्न आग्रह गरे । उनले ठुला उद्योग नहु“दा प्रदेशमा निर्यातमुखी भन्दा आयातमुखी बन्दै गएको बताए ।
घरेलु तथा साना उद्योग महासंघ कैलालीका अध्यक्ष पुस्कर कर्माचार्यले सरकारले घरेलु तथा लघु उद्यमीलाई प्रर्वद्धन गर्ने नीति बनाउन माग गरे । ‘वेत तथा अल्लोका सामान उत्पादन गरिरहेका उद्यमीहरूलाई कच्चा पदार्थ पाउन नै समस्या छ’ उनले भने– अल्लो निकासीमा समस्या छ भने वेत ल्याउ“दा अवैध हुने अवस्था छ । उनले वेतको काठबाट विभिन्न सामान उत्पादन गरिरहेका उद्यमीहरूको फर्म दर्तामा पनि समस्या रहेको बताए ।
कार्यक्रम सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर दिपकुमार खरालको अध्यक्षतामा भएको थियो । ्
कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष रुक्मणी देवकोटा, लघु तथा घरेलु उद्योग महासंघ कैलालीका अध्यक्ष गणेशबहादुर बिष्ट, फूलवारी दुनाटपरी उद्योगकी सञ्चालक सरिता बुढामगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक विनोद मालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजेन्द्र भट्टले गरेका थिए । कार्यक्रममा घरेलु तथा लघु उद्यम व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार