११ पुष २०८१, बिहीबार

लिपुलेक त्रिदेशीय नाका हो : सभापति देउवा



धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक नेपाल, भारत र चिनको त्रिदेशीय नाका रहेको बताएका छन् ।


भारतले जारी गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभागमा राखेको विषयमा नेपालमा व्यापक विरोध भइरहेको सन्दर्भमा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले लिपुलेक कुनै एक देशको मात्रै नभएर त्रिदेशीय नाका रहेको स्पष्ट गरे ।
“लिपुलेकको उत्तरतिर चिन, पश्चिममा भारत र दक्षिणमा नेपाल छ’ शनिबार धनगढीमा आयोजित “राजनीतिमा सशक्त महिला महिलाहरूको भूमिका” विषयक जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले भने– म प्रधानमन्त्री भएकै बेला भारतको नया“दिल्लीमा महाकाली सन्धीमा हस्ताक्षर भएको थियो । सन्धीमा महाकाली नदी दुई देशको सीमाना र पानी आधा÷आधाको सहमति भएको थियो ।
सभापति देउवाले दुई देशबीचको सीमाना विवाद सरकारले कुटनीतिक ढंगले समाधान गर्नुपर्नेमा सरकार “सुतिरहेको” आरोप लगाए । उनले भने– झुठा राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेका कम्युनिष्टहरु वास्तविक राष्ट्रवादी होइनन्, सिमाना विवादमा उनीहरू लम्पसारवादी भएका भएका छन् । सभापति देउवाले सधैं राष्ट्रवादको नारा लगाउने वर्तमान सरकार अहिले मुलुकको सिमाना मिचि“दा मुखमा ताल्चा लगाएर बसेको आरोप लगाए ।
एकअर्को प्रसंगमा सभापति देउवाले उपनिर्वाचनको चुनावी आचारसंहिता लागू भएपछि सरकारले प्रदेश प्रमुखहरु हटाउनु संविधानको मर्म विपरित रहेको बताए । उनले भने– सरकारले उपनिर्वाचनाको मुखैमा चुनावमा धा“धली गर्ने गलत मनसायले आफ्ना कार्यकर्ताहरूलाई प्रदेश प्रमुख नियुक्ति गरेको छ ।
सभापति देउवाले आसन्न उपनिर्वाचनमा नेपाली का“ग्रेसका सम्पूर्ण कार्यकर्ता एकजुट भएर जुट्न आह्वान गरे ।
सभापति देउवाले का“ग्रेस पार्टी बलियो बनाउन महिलाहरूको सधैं महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
सो अवसरमा नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उमा क्षेत्री अधिकारीले वर्तमान दुई तिहाई बहुमतको सरकारको पालामा महिला हिंसा बढेको र सरकारले हिंसापीडित महिलालाई न्याय दिन नसकेको आरोप लगाइन् । अध्यक्ष अधिकारीले भनिन्– आफ्नो हकअधिकार तथा न्याय प्राप्तीका लागि महिला स्वयं नै सशक्त भएर अघि बढ्नु पर्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले नेपाली कांग्रेस स्थापनाकालदेखि नै महिलाको हकअधिकारका लागि संघर्षरत रहेको चर्चा गरिन् । उनले महिलाहरू राजनीतिमा अझ सशक्त भएर् लाग्न आह्वान गरिन् ।
कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले अझैं पनि राजनीति क्षेत्रमा महिलाले विभिन्न कठिनाई भोगिरहनुपरेको बताइन् । नेतृ देउवाले आफू सधैं महिला सशक्तिकरणका लागि क्रियाशील रेहेको बताइन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा महिला संघका केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले महिला संघ बलियो भएमा पार्टी पनि बलियो हुने चर्चा गरिन् ।
नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले पार्टीमा महिलालाई थप अवसर सिर्जना गरिनुपर्ने बताए । उनले महिला संघमा सदस्यता बृद्धिका लागि विशेष प्रयास गरिनुपर्ने बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डाक्टर रणबहादुर रावल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ,
कार्यक्रम नेपाल महिला संघ कैलालीका अध्यक्ष पुष्पा भट्टको अध्यक्षतामा भएको थियो ।
प्रशिक्षण कार्यक्रम आज (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार