१९ पुष २०८१, शुक्रबार

प्रतिपक्षी दलको गौरवका योजना सार्वजिनिक



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दलहरूले प्रदेशको गौरवका आयोजनाहरू सार्वजनिक गरेका छन् ।

प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट असन्तुलित, वितरणमुखी, आर्थिक सुशासन ऐन विपरित तथा अस्पष्ट भएको निरन्तर प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका नेपाली का“ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार संयूक्त रुपमा प्रदेश गौरवका केही मुख्य आयोजनाहरू प्रस्तुत गरे ।
प्रतिपक्षी दलहरूले कम्तिमा पा“च करोडदेखि एक अर्ब रुपैया“ बजेटका प्रदेशका गौरवका आयोजना सञ्चालन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । का“ग्रेस र राजपाले संयुक्त रुपमा प्रस्तुत गरेका प्रदेश गौरवका आयोजनाहरूमा महाकाली कोरीडोर, धनगढी–खुटीया–दीपायल द्रुतमार्ग, कर्णाली कोरीडोर, धनगढी गेटा क्षेत्रीय विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण, प्रदेश भित्र हाल बन्द अवस्थामा रहेका विमानस्थलहरूको पुनः सञ्चालन, पश्चिम सेती जलविद्युत परियोजना सहित १६ वटा आयोजना समावेश गरिएका छन् ।
प्रमुख प्रतिपक्षी दलहरूले गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एक अर्ब रुपैया विनियोज गर्नुपर्ने सुझाव दिएका छन् । त्यस्तै, कञ्चनपुर, टीकापुर, कमलबजार लगायतका विमानस्थल कालोपत्रे र डडेल्धुरा विमानस्थलको डिपिआरका लागि एक करोड रुपैया विनियोजन गर्न सुझाव दिएका छन् ।
पत्रकार सम्मेलनमा प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेता रणबहादुर रावलले प्रदेश सरकारको बजेट सुदूरपश्चिमको गरिबी तथा पछौटेपन हटाउनेतर्फ भन्दा पनि भ्रष्टाचारलाई संस्थागत गर्नमा बढी लक्षित भएको आरोप लगाए । उनले भने– सरकारले ल्याएको यो बजेट आफ्ना कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई बढावा दिने मनसायका साथ आएको छ ।
नेता रावलले प्रदेश सरकारले अर्थ विविध शिर्षकमा साढे छ अर्ब रुपैया बढी बजेट छुट्याउनुका पछाडी आफ्नो पार्टीका कार्यकर्ता तथा आसेपासेलाई पोस्ने उद्देश्य लुकेको दाबी गरे ।


कार्यक्रममा राजपाका सांसद कृष्णबहादुर चौधरीले केही हजार रुपैयाका सय बढी योजना ल्याउनु लाजलाग्दो विषय भएको बताए । ‘प्रदेश सरकारको बजेटमा एक हजारदेखि २० हजारसम्मका ३० योजना छन् भने २१ हजारदेखि ५० हजार रुपैया सम्मका एक सय बढी योजना छन् । यो त लाजमर्दो कुरा हो’ राजपाका नेता चौधरीले भने– वडा तथा टोल र स्थानीय तहले ल्याउने खालका योजना प्रदेश सरकारले ल्याएको छ ।
सांसद चौधरीले बजेट बिनियोजन सन्तुलित ढंगले नभएर स्वेच्छाचारी र विभेदकारी ढंगले गरिएको बताए ।
कांग्रेसका अर्का सांसद भरतबहादुर खड्काले आफुहरूका योजना बजेटमा नसमेटिएका कारण संसद अवरुद्ध नगरिएको स्पष्ट गरे । सांसद खड्काले भने– प्रदेशको उन्नति र प्रगतिमा बजेट केन्द्रित हुनुपर्छ भनेर हामीले संसद अवरोध गरेका हौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार