सुदूरपश्चिमकाे बजेट अाज
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट आज साँझ ४ बजे प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको बैठकमा प्रदेश सरकारले झण्डै २९ अर्वको बजेट प्रस्तुत गर्ने भएको जनाईको छ ।
चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट तयार गरेको छ ।
‘सरकारले कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्ग लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याउने छ,’ प्रदेशका अर्थमन्त्री झपटबहादुर बोहराले भने, ‘बजेटको विशेषता आजनै थाहा हुने छ ।
प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने वोहराले बताए । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए । विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
प्रदेश सरकारको महत्वाकांक्षी नीति तथा कार्यक्रम (भिडियो र पूर्णपाठ सहित)
सुदूरपश्चिम प्रदेशको बजेट अपेक्षानुसार नआउने
असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम प्रदेश सभाः बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत (भिडियो सहित)
अार्थिक वर्ष २०७६/०७७ काे बजेटकाे सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रदेश सभामा प्रस्तुत (पूर्णपाठ र भिडियो सहित)
प्रदेश सभा बैठक : पूर्व बजेट छलफल प्रारम्भ