कैलालीमा डढेलाका कारण व्यापक वन सखाप
धनगढी । कैलालीमा बैशाखको पहिलो साताबाट शुरु भएको डढेलो अझैं जारी छ । डढेलोका कारण अहिलेसम्म कैलालीको बनमा व्यापक क्षती पुगेको छ ।
डिभिजन बन कार्यालय, कैलालीका सहायक वन अधिकृत रामऔतार चौधरीका अनुसार यस वर्षको डढेलोका कारण हालसम्म कैलालीमा ४० प्रतिशत बढी बन क्षेत्रमा क्षती पुगेको छ । कैलालीमा दुई लाख पा“च हजार हेक्टर बन क्षेत्र रहेको छ । कैलालीमा बसन्ता, बाह्रबन, भारताल, चुरे लगायतका ठूला र घना बनजंगल तथा दर्जनौ सामुदायिक बन रहेका छन् ।
डिभिजन बन कार्यालय कैलालीका अनुसार यस वर्ष बसन्ता, भारताल, बाह्रवन तथा चुरे क्षेत्रका बनमा व्यापक डढेलो लागेको छ । सहायक वन अधिकृत चौधरीले भने– ठूला र घना बनजंगलका साथै प्रायः सबै बनमा डढेलो लागेको छ । केही बनमा “फायर ब्रेकर” राखिएकोले व्यापक क्षती हुनबाट जोगाउन केही सहयोग पुगेको छ ।
सहायक वन अधिकृत चौधरीले डढेलोका कारण वन्यजन्तु, पंक्षीको पनि व्यापक क्षती भएको बताए । उनले भने– बन डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन् । डढेलोका कारण अमुल्य जडिबुटी पनि खरानी भएका छन् ।
डिभिजन बन कार्यालय, कैलालीले बन डढेलोको क्षतीको एकिन मुल्यांकन गर्ने प्रविधि नभए पनि लगातारको वन डढेलोका कारण करौडौं रुपैया मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पंक्षीको क्षती भएको अनुमान गरेको छ । सहायक वन अधिकृत चौधरीले भने– यस पटक विगतको तुलनामा बन डढेलो व्यापक बनेको छ ।
उनले वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समितिहरू सक्रिय भए पनि नियन्त्रण कार्य प्रभावकारी बन्न नसकेकोे बताए । उनले भने– यस वर्षको डढेलो नियन्त्रण बाहिर गइसकेको छ । वर्षा भएपछि मात्रै बन डढेलो रोक्न सकिने अपेक्षा गरेका छौं ।
कैलालीमा भीमदत्त राजमार्गमा पडाड शुरु हुने वित्तिकै वनमा लहरै डढेलो लागेको देखिन्छ । यो डढेलो चुरे गाउ“पालिकाको अन्तिम सिमा फल्टुडे नपुगुन्जेल देख्न सकिन्छ । करिब ४० किलोमिटरको क्षेत्रमा वन डढेलो देखिन्छ । स्थानीयका अनुसार १० वर्ष यताकै ठूलो डढेलो लागेका बताए ।
गोदावरी नगरपालिका वडा नम्बर ४ मा पर्ने सेती सामुदायिक वन खण्ड “क’ र “ख’ का विभिन्न ठाउ“मा डढेलो छ । केहि वर्ष यता सो वनमा संरक्षणमा रहेका ठुला झाडीहरू डढेलोले सखाप बनाएको छ ।
डढेलोले वनमा रहेका साना ठूला सबै रुख जलेर नष्ट हुनुका साथै हरिया डा“डा पुरै खरानी र कालो देखिन्छन् । बाटोमा चुरे पहाड डढेलोको धु“वाले गर्दा कुहिरो लागे जस्तो देखिन्छ । डढेलो लागेका वन आसपासमा बासिन्दा समेत त्रसित छन् ।
बुढी तोलाका ८० वर्षीय हरिबहादुर खनालले यस्तो डढेलो भएको आफूले कहिल्यै नदेखेको बताए । “वनको दुबै पट्टी डढेलो छ’ उनले भने– धु“वाले बस्न गाह्रो भइरहेको छ ।
डढेलो गाउ“ पस्ने त्रासमा स्थानीयहरू घर जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । वडा नम्बर ४ का मुक्त अधिकारीले घरगोठ जोगाउन रातभर जाग्राम बस्ने गरेको बताए । “डढेलोबाट वनको नियन्त्रण गर्न सकिएको छैन । घर जोगाउन हम्मेहम्मे परेको छ’ उनले भने– रातदिन हावाहुरी चल्दा डढेलो निभाउन गाह्रो भइरहेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य शेरबहादुर घर्तीमगरले सयौं हेक्टर वन डढेलोले सखाप भएको बताए । उनले वनमा जानजान कसैले डढेलो लगाएको आशंका व्यक्त गरे ।