प्रदेश सभाद्वारा शोक प्रस्ताव
धनगढी । सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभाको ११ औं बैठकले उपचारको क्रममा फागुन १८ गते निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरत मोहन अधिकारी र हेलिकोप्टर दुर्घटनामा फागुन १५ गते ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव परित गरेको हो ।
बैठकमा सभामुख अर्जुन बहादुर थापाले दुबै जनाको निधनमा यो सभा गहिरो शोक प्रकट गर्छ भन्ने शोक प्रस्ताव पारित गर्न आग्रह गरेका थिए । सत्तारुढ दल र विपक्षीदल सांसदहरुले हात उठाएर प्रस्ताव पारित गरेका थिए ।
यसअघि मंगलबारको बैठकमा १ मिनेट मौन धारण गरिएको थियो । अर्काे सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख थापाले जानकारी दिए ।




