१८ बैशाख २०८१, मंगलवार

मन्त्री अधिकारीका परिवारलाई भेटेर प्रधानमन्त्रीले दिए समवेदना (फोटोफिचर)



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकाेप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेटेका छन्।

बुधबार साँझ ललितपुरकाे पुल्चाेकस्थित मन्त्री क्वार्टर पुगेर प्रधानमन्त्री ओलीले परिवारलाई समवेदना प्रकट गरेका हुन्।

प्रधानमन्त्रीकाे निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगरलगायत मन्त्री क्वार्टर पुगेका थिए।

क्वार्टरमा मन्त्री अधिकारीकी श्रीमती विद्या भट्टराई र छोराहरु विराज र विराटलगायत छन्।

मन्त्री अधिकारीका बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीलाई बुधबार साँझ मात्रै काठमाडाैं ल्याइएकाे हाे। मन्त्री अधिकारी दुर्घटनामा परेको खबरपछि कास्कीको पोखरा महानगर-५ मालेपाटनस्थित घरमा रहेका बुवाआमा अचेत भएका थिए। उनीहरु दुबैलाई क्षेत्रीय अस्पताल, पोखरामा सामान्य उपचारपछि काठमाडौं ल्याइएको हाे।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार