खैरो हेरोइन सहित एक भारतीय र ३ नेपाली पक्राउ
टीकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरले ५५ ग्राम लागु औषध खैरो हेरोइन सहित एक भारतीय र तीन नेपाली सहित खक्रौला नाकाबाट पक्राउ गरेको छ ।
भारतीय नागरिक खिरीम ग्राम पञ्चायत चक्करपुरका २४ वर्षीय सुखदेव सिंह, टीकापुर नगरपालिका–२ बन्दीपुरका २५ वर्षीय कोप निराजन शाह, ४ अस्नेहरीका २४ वर्षीय भेडे भन्ने नविन कार्की र बर्दियाको गेरुवा गाउँपालिका–२ की १९ वर्षीया भावना हमाललाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।
चेकजाचका क्रममा प्रहरीले भारतीय नागरिकको साथबाट ४९ ग्राम २६० मिली ग्राम, निराजन शाह र भेडे भन्ने नविन कार्कीको साथबाट ४ ग्राम १३० मिलिग्राम र भावना हमालको साथबाट १ ग्राम ८२० मिलिग्राम गरी जम्मा ५५ ग्राम २१ मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरेकोे ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिवबहादुर सिंहले जनाए । पक्राउ गरिएकालाई अदालतबाटम्याद थप गरी अनुसन्धान थालिएको प्रमुख सिंहले जनाए ।
पछिल्लो पटक प्रहरीले यसरी ठूलो परिमाणमा खैरो हिरोयन बरामत गरेको यो पहिलो पटक हो । भारतीय नागरिकसँगको मिलेमतोमा नेपालमा खैरो हिरोइन भित्रिने सूचनाका आधारमा विगत ३ महिनादेखि केही प्रहरीहरु सादा पोसाकमा परिचालन गरिएका थिए ।




