१४ कार्तिक २०८१, बुधबार

नालामा मोटरसाइकल खस्दा श्रीमान्को मृत्यु, श्रीमती घाइते



बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा न ५ र ६ जोड्ने सिमाना घैला नालामा मोटरसाईकल खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार राति ११ः५५ बजे घरबाट घोडाघोडी नगरपालिका जादै गर्दा टेटराम डगौराको मृत्यु भएको हो । मोटरसाइकलमा सवार डगौराकी श्रीमती घाइते भएकी हुन् । उनलाई नेपालगन्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख ध्रुवबहादुर बिष्टले जनाए । घाईते डगौरालाई मुखको तल र अन्य शरिरमा चोट लागेको बिस्टले जनाए ।
घैला नाला किनारको बाटो जीर्ण भएकाले घटना भएको हुन सक्ने वडा न ६ का वडा अध्यक्ष रामकृष्ण चौधरीले जनाइन् । वडा न ६ का वडा अध्यक्षका अनुसार यो भन्दा पहिले पनि उक्त क्षेत्रमा दर्जन बढी दुर्घटना भइसकेको छ। सो नालामा पुलको एकदमै आवश्यक रहेको स्थानीयको माग रहेको छ । बौनिया भजनी सडक कालोपत्र गर्ने ठेक्का पाएका भिम साउदले कालोपत्र, कल्भर्ट र होमपाईपको काम मात्र ठेक्का भएको साउदका कर्मचारी निकिराम चौधरीले जनाए ।
प्रदेश सरकार संग आफुले पटक पटक पत्रचार गरेको तरपनि प्रदेश सरकारले उक्त खोलालाई उपेक्षा गरेको वडा अध्यक्ष चौधरीले बताए । अझै पनि प्रदेश सरकारसंग आफ्नो माग कायम रहेको उनले बताए । प्रदेश सरकार मात्र नभएर उनले गाउँपालिकासंग पनि पुलको स्तरोन्नतीका लागि पहल गरेको बताए ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले आफुले पनि प्रदेश सरकारलाई चिट्ठी पठाएको बताउदै चाडो भन्दा चाडो पुल निर्माणका लागि पहल गरिरहेको बताए । अध्यक्ष डगौराले प्रदेश सरकारले पुल निर्माणमा सहयोग नगरे अबको गाउँ सभाबाट बजेट बिनियोजित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार