६ पुष २०८१, शनिबार

दुई कार्यविधि र एक विधेयकलाई स्वीकृति (भिडियो सहित)



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दुई वटा कार्यविधि र एउटा विधेयकलाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि औजार, यन्त्र, उपकरण वितरण कार्यविधि २०७५ र स्वारोजगारमुलक तालीम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेशको वातावरण संरक्षण गर्न बनेको विधेष्क २०७५ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार