१८ बैशाख २०८१, मंगलवार

मनोमानी ढंगले ढुंगा, गिट्टी, बालुवा उत्खनन



धनगढी । कैलालीका अधिकांस स्थानीय तहहरुले मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् ।
जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहहरूसंग जिल्लाका खोला तथा नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् सम्बन्धी पटकपट विवरण मागे पनि उनीहरुले विवरण समेत बुझाएका छन् ।

स्थानीय तहहरूले जिल्ला समन्वय समितिले माग गरेको विवरण बुझाउन कुनै चासो दिएका छ्रैनन् । बरु आफ्नै ढंगले जथाभावी ढंगले खोलानदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् कार्य जारी राखेका छन् ।
जिल्ला समन्वय समिति, कैलालीले विवरण बुझाउन दोस्रो पटकसम्म सूचना जारी गरेपछि गौरीगंगा नगरपालिका र जानकी गाउपालिकाले मात्रै विवरण बुझाएको जनाइएको छ । जानकी गाउ“पालिकाले चार किल्ला प्रमाणित नगरी विवरण बुझाएको छ । धनगढी उपमहानगरपालिकाले तेस्रो पटक सूचना जारी भएपछि सोमबार मात्रै विवरण बुझाएको छ ।
स्थानीय तहहरुले विवरण नबुझाएपछि ढुंगा, गिट्टी, बालुवा उत्खनन्को अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समितिलाई अनुगमन गर्न कठिनाई भएको जिल्ला समन्वय समिति अधिकारी योगेन्द्र ओझाले बताए ।
जिल्ला समन्वय समितिले तेस्रो पटक सूचना जारी गर्दै विवरण नबुझाएका स्थानीय तहलाई ढुंगा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएको छ, तर स्थानीय तहहरुले समितिको सूचनालाई बेवास्ता गर्दै उत्खनन जारी राखेका छन् ।
स्थानीय तहहरुले विवरण पनि नबुझाउने र उत्खनन पनि नरोक्ने गरेको हुनाले ढुंगा, गिट्टी, बालुवा संकलन, उत्खनन, घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समितिको सोमबार बसेको बैठकले विवरण नबुझाउने स्थानीय तहलाई उत्खनन र ओसार पसारमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर कैलाली ३४ नम्बर गण, डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिको बैठकले विवरण बुझाउन बा“की रहेका स्थानीय तहलाई तीन दिनभित्र विवरण बुझाउन पुनः अनुरोध गरेको छ । भने विवरण बुझाएका गौरीगंगा नगरपालिका र जानकी गाउपालिकामा आगामी १४ गते अनुगमन गर्ने निर्णय गरेको छ ।
जानकी गाउ“पालिकाले विभिन्न वडामा पर्ने कर्णाली नदीबाट एक लाख ३४ हजार एक सय ९० घनमिटर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न लम्कीचुहा नगरपालिका वडा नम्बर २ को रेखा निर्माण सेवालाई एक करोड रुपैया“मा ठेक्का दिएको विवरण पेस गरेको छ ।
त्यसैगरी, गौरीगंगा नगरपालिकाले गौरीगंगा, शिवगंगा, चौमाला र कनरी नदीबाट एक लाख ५९ हजार आठ सय ५१ घनमिटर ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को दाहाल मल्टी ट्रेड प्रालिलाई तीन अर्ब सात करोड रुपैयामा ठेक्का दिएको विवरण बुझाएको छ ।
जिल्ला समन्वय समितिले पहिलो पटक स्थानीय तहलाई चार किल्ला सहितको विवरण पठाउन पुस २२ गते र दोस्रो पटक पुस ३० गते अनुरोध सहितको सूचना पठाएको थियो । समितिको तेस्रो पटक गरेको तीन दिने अनुरोधको समय आज बुधबार सकिने निमित्त जिल्ला समन्वय अधिकारी ओझाले बताए ।
समितिको सोमबार बसेको बैठकले ढुंगा, गिट्टी, बालुवा संकलन, उत्खनन, घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समितिको कार्यविधि २०७५ पनि स्वीकृत गरेको छ । ओझाले सोही कार्यविधि अनुसार अनुगमन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार