२१ पुष २०८१, आईतवार

कुखुरापालमा युवा आकर्षित



बैतडी । वैदेशिक रोजगारीबाट फर्केर बैतडीका एक युवाले कुखुरापालन गरी मनग्ये आम्दानी गर्न थालेका छन् ।
जिल्लाको दक्षिणी शिवनाथ गाउँपालिका–२, शर्मालीका सुरेन्द्र साउँदले कुखुरापालन गरेर मनग्ये आम्दानी गर्न थालेका हुन् । तीन वर्षको लागि वैदेशिक रोजगारीमा मलेसिया गएका साउँद डेढ वर्षमै फर्केर गाउँमै व्यवसायमा लागेका छन् । कुखुरापालन व्यवसायबाट उनी २० हजारदेखि ४० हजार रूपैयाँसम्म आम्दानी गर्दे आएका छन् ।
विदेशमा रहँदा पाएको दु:ख र विदेशमा बगाउने पसिना आफ्नो देशमा बगाए त्यहाँको भन्दा पनि राम्रो आम्दानी गर्न सकिने भन्दै कुखुरापालनमा लागेका हुन् । विदेशमा रहँदा उनले व्यवसाय गर्ने सोच बनाएका हुन् । सहज र बजार हेरेर उनले कुखुरा पाल्ने सोच बनाएर घर फर्केको बताए । विदेशमा अरूको आदेशमा कठिन काम गर्ने र कमाइका लागि भौँतारिनु भन्दा मिहिनेतका साथ आफ्नै ठाउँमा केही व्यवसाय सुरु गरे राम्रो आम्दानी गर्न सकिने उदाहरण उनले देखाएका छन् ।
दुई वर्षअघि घरमा आएका साउँदले विदेशको दु:ख सम्झेर आफनै देशमा केही गर्छु भन्ने सोचका कारण यो पेसा अंगालेका हुन् । सुरुमा एक सय ब्रोइलरको चल्ला पालेका उनले विस्तारै बढाउँदै लगेका छन् । कुखुरा पाल्ने किसान र प्राविधिकको सल्लाह र आफ्नै अनुभवले कुखुरापालन व्यवसायबाट विदेशको भन्दा राम्रो कमाइ हुने गरेको उनले बताए । कुखुरापालनको अनुभवले अहिले यो पेसामा दक्ष भइसकेका साउँद यो पेसाबाट सन्तुष्ट भएको बताउँछन् ।
धेरै युवा रोजगारी नपाएर भौतारिरहेका छन् तर काम गर्ने जाागर भए गाउँमै मनग्ये आम्दानी गर्न सकिने उदाहरण उनले देखाएका छन् । यो पेसामा घरका सबैले साथ दिएका छन् । गाउँलेहरू पनि दिनहुँ बिहानदेखि बेलुका अबेरसम्म उनको जाँगर व्यस्तताको काम देखेर सबै दंग छन् । बेरोजगार युवालाई बाटो मात्रै देखाउने काम गरेका छुँ,’ उनले भने ।
लगनशील भएर गरिखानेलाई गाउँमै कमाइका थुप्रै स्रोत रहेको उनले बताए । खर्चले गाउँमै रकमले आफ्नो देशमा छोटो समयमै थोरै लगानीबाट धेरै राम्रो आम्दानी हुनसक्ने उनको भनाइ छ । ‘काम सानो ठूलो हुन्न,’ उनले भने, सानो व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिन्छ ।’
उनले पालेका एउटै कुखुराको तौल साढे ८ किलोसम्म पुगेको छ । तराईबाट ब्रोइलरका चल्ला लिएर पाल्ने गरेका साउँद स्थानीय बजारमै मासु बिक्री गर्दे आएका छन् । उनी जिल्लामै उत्कृष्ट व्यवसायिका रूपमा स्थापित भएका छन् । गत हप्ता गरिबी निवारण कोषले उनलाई जिल्लामै उत्कृष्ट किसानको रूपमा सम्मान गरेक छ । कोषले उनलाई सिर्जनशीलता पुरस्कारबाट जिल्लामै उत्कृष्ट किसान छानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार