तराकारी उत्पादनमा ह्रास
डडेल्धुरा । डडेल्धुरामा तरकारी उत्पादनमा यस वर्ष कमि आएको छ । तरकारी उत्पादनमा यस वर्ष झण्डै ५० प्रतिशतले कमि आएको अमरगढी नगरपालिका वडा नम्बर १ बन्डमा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसानहरूले बताए ।
किसान टिकेश्वरी देवि ऐरले विगतमा ७० क्विन्टल भन्दा बढी टमाटर फलेकोमा यस वर्ष सिंचाईं अभावका कारण उत्पादनमा ह्रास आएको बताइन् ।
तरकारी संकलन केन्द्रमा कृषकसँगको छफफलमा पुगेका अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले कृषिलाई आधुनिकि करण गर्न जरुरी रहेको बताए ।
उनले कृषिका लागि आधुनिक औजार लगायतका बिउ विजन, मलखाद र सिचाईको योजना बनाउने बताए ।