२७ पुष २०८२, आईतवार

सुदूरपश्चिम सरोकार मञ्चको वैठक, बाँकावीर लाइ पहिलो शहिद घोषणाको माग



काठमाडौं/. नेपाल अहिले संक्रमणमा रहेको र त्यसलाई अवतरण गर्नुपर्ने प्रमुख प्राथमिकता रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र भण्डारीले बताएका छन् । जेनजी आन्दोलनपछि मुलुकलाई संक्रमणबाट अवतरण गरी विकासको ढोका खोल्नुपर्ने मन्त्री भण्डारीको भनाइ थियो ।

सुदूरपश्चिम सरोकार मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले जनसरोकारका कुरा सुन्दै सरकारले प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

अहिलेको मूल मुद्दा, थुप्रै समस्याको बीचमा प्राथमिकताको निर्धारण गरी अहिले मुलुकलाई संक्रमणबाट अवतरणमा लिएर जानुपर्नेछ,ु मन्त्री भण्डारीले भने, ुत्यो अवतरणपछि रुपान्तरण र पुस्तारण हुँदै विकासका ढोका खुल्छन् ।

जनताका आवाज नसुन्दा संक्रमणको अवस्था आएको भण्डारीको भनाइ थियो । संक्रमण किन आयो भन्दाखेरि अतिक्रमणका प्रभावबाट संक्रमण जन्मिन्छ । वितगमा अतिक्रमण भए, आवाज सुनिएन उनले भने, आम सरोकारका कुराहरू र सरकारका बीचमा ठूलो ग्याप छ । जे सरोकारका मुद्दा हुन् ती सरकारले सुन्ने गर्दैन । त्यसैले मुलुकमा संक्रमणकालको अवस्था सिर्जना भएको छ ।

मुलुकमा बेथिति रहेको बताउँदै मन्त्री भण्डारीले राम्रो काम गर्ने प्रतिबद्धता जनाए । बेथितिको जालोभित्र बसेर कहिलेकाँही त के डर लाग्छ भने चक्रब्यूहमा फसेर अभिमन्यूको जस्तो हाल हुन्छ कि १ एउटा प्रतिबदध्ता के हो भने कति गर्न सकिन्छ थाहा छैन तर जति गर्न सकिन्छ त्यो आत्मसन्तुष्टि हुने गरी गरिन्छ, उनले भने ।
मन्त्री भण्डारीले जेनजी आन्दोलनमा सबैभन्दा बढी सहिद भएको सुदूरपश्चिमबाट समयमै मन्त्री नभएको बताए । सुदूरपश्चिमको विकासका लागि आफूले सक्दो पहलकदमी लिने उनले बताए ।

सुदूरपश्चिम सरोकार मञ्चले कार्यक्रममा मन्त्री भण्डारी र एनपीएलको उपविजेता सुदूरपश्चिम रोयल्सलाई सम्मान गरेको थियो । सुदूरपश्चिम रोयल्सका तर्फबाट टिम म्यानेजर सुनिल थापाले सम्मान ग्रहण गरेका थिए ।

मञ्चले सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित संघसंस्था, सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्नका लागि उपाध्यक्ष टिकाराम भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

त्यस्तै, सुदूरपश्चिमका बाँकावीर बलदेवलाई सहिद घोषणा गर्न पहल गरिदिन सरकारसँग माग गर्ने मञ्चले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार