कैलाली – २ बाट रावल, बजगाई र ओली सिफारिस

धनगढी/ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि कैलाली क्षेत्र नम्बर २ बाट एमालेका केन्द्रीय सदस्य झपटबहादुर रावल, प्रदेश कमिटीका सचिवालय सदस्य महादेव बजगाईसहित तीन जनाको नाम सिफारिस भएको छ ।
एमालेको क्षेत्र नम्बर २ को कमिटीले रावल र बजगाईसंगै महिलाका तर्फबाट अर्की केन्द्रीय सदस्य कमला ओलीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नाम सिफारिस गरेको हो ।
रावल २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । भने ०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमै पराजित भएका थिए ।
यस्तै गरेर बजगाई ०७४ सालमा लम्कीचुहा नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । उनी पनि ०७९ को चुनावमा मेयरमा पराजित भएका थिए ।
ओली ०७९ को चुनावमा प्रदेश सभा सदस्यमा पराजित भएकी थिइन ।





