१९ मंसिर २०८२, शुक्रबार

एमसीसी नेपाल कम्प्याक्टका ७ अर्ब रुपैयाँको अनुदान रकम थप



धनगढी, मंसिर ३ गते / नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् ।

यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो ५ वर्षे परियोजनाको २ वर्ष, ९ महिना, ९ दिन बाँकी छ र यो शुक्रबार, अगस्ट २८, २०२८ मा समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार