बरिता नम्बर ६ सहित रावल बुधबार नेकपामा समाहित हुँदै

काठमाडौं , कात्तिक २४ गते/ मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० मा औपचारिक रूपमा समाहित हुने भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष समारोहका बीच रावल नेकपामा प्रवेश गर्न लागेका हुन् ।
एमालेबाट निष्कासित भएपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका थिए । एमालेले पछिल्ला दिनमा पुराना नेताहरूलाई पार्टीमा फर्कन आह्वान गरे पनि रावल त्यसमा सहभागी भएनन् ।
गत आइतबार रावलले नेकपाका शीर्ष नेताहरूसँग वार्ता गरेका थिए । छलफल सकारात्मक रहेकाले अब उनी पार्टीमा समाहित हुने तयारी भएको नेकपाका स्रोतले जनाएको छ ।
रावल कात्तिक २६ गते बुधबार ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेकपामा प्रवेश गर्नेछन् । उक्त कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।
सो पार्टीमा प्रचण्ड, माधव, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछि रावलको वरियता रहने बताइएको छ ।




