१९ मंसिर २०८२, शुक्रबार

एमालेको एघारौं महाधिवेशनका कार्यक्रम र प्रतिनिधि चयनको टुंगो लाग्यो



काठमाडौं, कात्तिक १६ गते/ नेकपा (एमाले) को सचिवालय बैठकले एघारौं महाधिवेशन तथा प्रतिनिधि चयन कार्यक्रमको तालिका तय गरेको छ। यसअघि पोखरामा आयोजना गर्ने भनिएको महाधिवेशन अब काठमाडौंमा मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ।

बैठकले प्रतिनिधि चयन मंसिर १३ गते र प्रतिनिधि विवरण पठाउने अन्तिम मिति मंसिर १५ गते निर्धारण गरेको छ।

प्रतिनिधि संख्या र संरचना
महाधिवेशनका प्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा चयन गरिनेछन्।

प्रत्येक १२०० सदस्यमा खुला २ र महिला १ प्रतिनिधि रहनेछ।

त्यसपछि ४० वर्ष मुनिका युवाबाट १ प्रतिनिधि र प्रत्येक ८०० सदस्यमा १ महिला प्रतिनिधि चयन गरिनेछ।

दलित कोटामा प्रति ५०० सदस्यमा १ प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

ट्रेड युनियनहरूबाट प्रदेशगत २ं५ गरी ७ जना,

जनसङ्गठनहरूबाट ५ जना,

महासङ्घीय संगठनहरूबाट ७ जना,

प्रदेश कमिटीहरूबाट ३.२ अनुपातमा,

विभाग र कार्यालयहरूबाट प्रत्येकी १–१ जना,

र प्रवासी कमिटीहरूबाट महादेशगत ५ जना (३.२ अनुपातमा) प्रतिनिधित्व हुनेछन्।

पदेन प्रतिनिधित्व
महाधिवेशनमा विभिन्न आयोग र परिषद्बाट पदेन रूपमा सहभागी हुने प्रतिनिधिहरू पनि रहनेछन्।

केन्द्रीय निर्वाचन आयोग – ३५

अनुशासन आयोग – २९

लेखा आयोग – ३०

निर्वाचन आयोग – २५

सल्लाहकार परिषद् – २५
जम्मा पदेन प्रतिनिधि संख्या १४४ जना रहनेछ।

अनुमानित प्रतिनिधि संख्या पार्टीको कुल सदस्य संख्या ६६७,६३० रहेको बैठकमा जानकारी दिइएको छ। सोही आधारमा अनुमानित प्रतिनिधि संख्या यस प्रकार रहेको छ ।

प्रदेशबाट – ४५ जना

प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित – करिब ९७० जना

विशेष जिल्लाबाट – ४७ जना

दलित कोटाबाट – ८१ जना

ट्रेड युनियनबाट – ४९ जना

प्रवासी कमिटीबाट – ३० जना

केन्द्रीय विभाग र कार्यालयबाट – ३३ जना

जनसङ्गठनबाट – १२७ जना

एमालेले यसरी अनुमानित कुल प्रतिनिधि संख्या करिब १,८५६ जना हुने बताइएको छ। मनोनयन सहित यो संख्या करिब २,१०० पुग्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार