फाँसी पनि स्वीकार्न तयार भएरै एमालेमा बसेको हुँ

काठमाडौं, असोज३१ / नेकपा (एमाले) सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले फाँसी दिए पनि आफू एमाले नै रहने बताएका छन् । उनले फाँसी स्वीकार्न तयार भएर नै आफू एमालेमै बसेको बताए ।
सचिव भट्टराईले त्यसरी बोल्दा बैठकका सहभागीहरु भावुक भएका थिए । माधव नेपालले पार्टी फुटाउने सल्लाह माग्दा पनि नेता भट्टराईले ओलीले फाँसी दिए पनि सहनुपर्छ, एमाले नछोडौ भनेका थिए ।
शुक्रवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य महेश बस्नेत र तत्कालीन प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार किरण पौडेलले जेनजीका नाममा अराजकता मच्चाउनेलाई सहयोग पुग्नेगरी गतिविधि गर्नेलाई ब्ल्याक लिष्टेड गर्नुपर्ने, कारवाही गरेर पार्टीबाटै निकाल्नुपर्ने धारणा राखेका थिए । आफैंलाई लक्षित गरेर उनीहरुले त्यस्तो माग राखेपछि भट्टराईले त्यस्तो चुनौति दिदैं जवाफ फर्काएका हुन् ।
‘पार्टीका नेताहरुले पार्टी हितलाई केन्द्रबिन्दूमा राखेर आफ्ना मतहरु राख्दा पनि तपाईंहरु कतिसम्म असहिष्णु हुनुहुन्छ, के यस्तै असहिष्णु राजनीतिले एमाले वलियो हुन्छ र ? ’ भट्टराईको चुनौति थियो,‘कसैले निकाल्न खोजे पनि केपी ओलीले फाँसी दिए पनि स्वीकार्य छ, तर एमालेमै बस्ने हो, अन्तिमसम्म एमाले वलियो बनाउन, देशकै लोकप्रिय पार्टी बनाउनकै लागि एमालेमा बसेको हो ।
कर्णाली, मधेस सबैतिरको चुनौतिपूर्ण जिम्मेवारी पूरा गरेर पार्टीलाई वलियो बनाउन लागेको हुँ, मधेसमा पार्टी एक नम्बर त्यसै बनेन । नेता भट्टराईले कर्णाली र मधेसशमा काम गरेका थिए ।
सचिव भट्टराईले थप भने अहिले पनि तपाईं( अध्यक्ष ओली) ले जति योगदान गर्नुपर्ने हो, त्यो गरिसक्नुभो, त्यो भन्दा माथि योगदान गर्ने ठाउँ छैन, बिदा हुनुस्, पार्टी हामी सम्हाल्छौं भनेकै हो ।’




