१९ मंसिर २०८२, शुक्रबार

जनअधिकार रक्षा गर्न संसद पुनर्स्थापना आवश्यक : केन्द्रीय सदस्य बोहरा




काठमाडौं, असोज ३१/ नेकपा (एमाले) का केन्द्रीय सदस्य पठानसिंह बोहराले पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै जनता, संविधान र राष्ट्रको पक्षमा स्पष्ट अडान लिनुपर्ने बेला आएको भन्दै संसद पुनर्स्थापनालाई पार्टीको स्पष्ट एजेन्डाका रूपमा अगाडि ल्याउनुपर्ने धारणा राखेका छन् । तर, चुनावबाट भाग्ने कुरा पनि हुँदैन, त्यसको तयारीमा समेत लाग्न उनले जोड दिए ।

जेनजी आन्दोलनमा बाह्य र आन्तरिक षड्यन्त्र
बोहराले भने हालै भएको जेनजी आन्दोलनलाई गम्भीर रूपमा लिनुपर्ने बताए। यो केवल स्वतःस्फूर्त जनआन्दोलन थिएन, उनले भने, यसमा आन्तरिक असन्तुष्टि मात्र होइन, बाह्य हस्तक्षेप र सुनियोजित षड्यन्त्र पनि मिसिएको छ।

उनले आन्दोलन हाईज्याक गरेर युवाको हत्या, आगजनी र लुटपाटसम्मको स्थिति सिर्जना गरियो। यस्तो गतिविधिको निष्पक्ष छानबिन गर्न पार्टीले तुरुन्त छानबिन समिति बनाउनु पर्ने जोड दिए।

संसद पुनर्स्थापना र चुनाव स् दुवैलाई तयार हुनुपर्छ
पुनः प्रतिनिधिसभा पुनर्स्थापना गर्न पार्टीले गम्भीर पहल गर्नुपर्नेमा पनि केन्द्रीय स सदस्य बोहराले जोड दिए । “संसद पुनर्स्थापनाले मात्र जनअधिकार, संविधान, लोकतन्त्र, राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न सकिन्छ,” उनले भने। तर, उनले संसद पुनर्स्थापना नभएमा चुनाव पनि सम्भावित विकल्प भएकाले त्यसका लागि पनि पार्टीले तयारी अवस्थामा रहनुपर्ने बताए।

चुनावबाट भागेर होइन, सामना गरेर जित्नुपर्छ,उनको जोड थियो।

कमाण्डर कमजोर पारेर युद्ध जितिन्न
राजनीतिक अस्थिरताको बेलामा पार्टी नेतृत्वप्रति उठेका शंका र आरोपहरूप्रति संकेत गर्दै उनले एकता र विश्वासको खाँचो औंल्याए। “विषम परिस्थिति र असमान्य राजनीतिक लडाइँमा कमाण्डर कमजोर बनाएर लडाइँ जितिन्न,” बोहराले भने।

महाधिवेशन समयमै गर्नुपर्छ
पहिलो महाधिवेशनको मिति र स्थान प्रस्ताव भइसकेको सन्दर्भमा केन्द्रीय सदस्य बोहराले कार्यकाल सकिनु अघि नै महाधिवेशन गर्नुपर्ने औचित्यलाई जोड दिए। यसलाई पार्टी भित्र र बाहिर उठेका आवाजहरूको जवाफका रूपमा बुझ्नुपर्ने उनले बताए।

उनले पार्टीलाई जागरण अभियानसँगै महाधिवेशन तयारीमा लगाउनु पर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार