१८ मंसिर २०८२, बिहीबार

डराएर भाग्दिनँ, गृहमन्त्री बाबु नउत्तालिन : अध्यक्ष ओली



भक्तपुर, असोज २३/ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का गरिएको र उपत्यका छोड्न रोक लगाइएको विषयलाई लिएर सरकारमाथि कडा प्रहार गरेका छन्। भक्तपुरको गुन्डुमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ‘सडक तमासा’ देखाइरहेको टिप्पणी गरे।

“डाँडो काटेर जान नपाइने, पानी ढल पार गर्न नदिने निर्णय के लोकतन्त्र होरु” ओलीले प्रश्न गर्दै भने, “यो सडक तमासा होइन भने के हो ?”

सरकारलाई ओलीको कटाक्ष‘ नेपालीको सरकार होइन’
ओलीले सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको प्रतिनिधि नै नभएको आरोप लगाए। “यो सरकार कसैले छानेको होइन। नेपालीको होइन। हाहुबाट बनेको सरकार हो,” भन्दै उनले सरकार बनाउने प्रक्रिया र उद्देश्यप्रति शंका व्यक्त गरे।

“उहाँहरू खास उद्देश्यका लागि काम गरिरहनुभएको छ,” उनले संक्षिप्तमा भने, “समय आएपछि विस्तृतमा खोलिन्छ।”

गृहमन्त्रीलाई चेतावनीस् नउत्तालिनू, नचम्किनूू
गृहमन्त्री ओमप्रकाश अर्यालको नाम नलिँदै तर स्पष्ट सन्देश दिँदै ओलीले भने, “गृहमन्त्री बाबु, धेरै नउत्तालिन, नचम्किन। राजनीति चलाउने कुरा ठट्टा होइन, देश चलाउने कुरा सजिलो खेल होइन।”

ओलीले सरकार आफूलाई र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिन सक्रिय रहेको, रातरात मिटिङहरू चलिरहेको आरोप पनि लगाए।

हामी जेल खाएका हौं, नडराउनेहरू हौं
“हामी त्यस्ता मान्छे होइनौं जो डराएर भाग्छौं। जेल नेल भोगेका हौं। देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं,” ओलीले स्पष्ट गरे।

उनले सरकारलाई ‘एमालेलाई जिस्क्याउने प्रयास नगर्न’ चेतावनी दिँदै, आफ्नो पार्टी लोकतन्त्र र राष्ट्रिय स्वाभिमानका पक्षमा सधैं अडिग रहने बताए।

कार्यक्रममा महासचिव शंकर पोख्रेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार