१८ मंसिर २०८२, बिहीबार

तीन नवनियुक्त मन्त्रीको भयो सपथ



अर्याल, घिसिङ र खनालले आजैदेखि सम्हाले पदभार

काठमाडौ/ शीतल निवासमा आइतबार आयोजित एक विशेष समारोहमा तीन नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि गरेका नियुक्तिअनुसार रामेश्वर खनाल अर्थमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री तथा कुलमान घिसिङ ऊर्जा मन्त्री बनेका हुन्।

ओमप्रकाश अर्याललाई गृहमन्त्रीसँगै कानून मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ भने कुलमान घिसिङले ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पनि सम्हाल्ने भएका छन्।

शपथपछि ती मन्त्रीहरूले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

उक्त शपथ कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार