८ कार्तिक २०८१, बिहीबार

अब गोठालोमा कोदोको केक र मम पाइदै




धनगढी/ धनगढी उपमहानगरपालिका–५ हसनपुरमा सञ्चालनमा रहेको गोठालोले शाखा विस्तार गरिएको छ । गोठालोले कभर्डहल चोकमा नयाँ शाखा विस्तार गरेको हो।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले शनिवार विहान गोठालोको नयाँ शाखा उद्घाटन गरे । केक र नास्ता सहित गोठालोले पहिलो शाखा विस्तार गरेको हो।

गोठालोको उद्घाटन गर्दै अध्यक्ष कुँवरले गोठालोले विन्ती देश नछोडौ देशमै केही गरौँ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताए। उनले गोठालोले चलाएको यो अभियानलाई र गोठालोलाई आफ्नो पनि सधैँ सहयोग रहने बताए ।

पोषणयुक्त बाली कोदो स्वास्थ्यका लागि फाइदाजनक रहेकाले यसको प्रवर्धन गर्न जरुरी रहेको उनले बताए ।

नेपालमै पहिलो पटक कोदोको केक सुरु गरेको भनिएको गोठालोले उद्घाटनको दिन कोदोको केक निःशुल्क, अन्य केकहरूमा र कोदोको मःममा ५० प्रतिशत छुटमा उपलब्ध गराएको छ।

यस्तै ३० र ३१ गते अन्य सम्पूर्ण केकमा र कोदोको केकमा ५० प्रतिशत छुट रहेको गोठालोका सञ्चालक हरी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार