८ कार्तिक २०८१, बिहीबार

ट्रान्सपोर्ट एशोसिएसनको अध्यक्षमा फेरि जोशी



धनगढी/ धनगढीमा शनिबार भएको सेती महाकाली ट्रान्सपोर्ट एशोसिएसनको आठौ साधारण सभा र चौथो अधिवेशनबाट रघुनाथ जोशी फेरि अध्यक्ष चयन भएका छन् ।

जोशी निर्विरोधरुपमा अध्यक्षमा चयन भएका हुन । उनी नेतृत्वको कमिटीमा सुरेन्द्र कठायत वरिष्ठ उपाध्यक्ष भएका छन् ।

यस्तै गरेर लोकराज जोशी उपाध्यक्ष, अर्जुन खतिवडा महासचिव, दीपकराज भट्टराई सचिव र प्रेमबहादुर विष्ट कोषाध्यक्ष चयन भएका छन् ।

सदस्यमा नवराज बोहरा, रमेशप्रसाद बोहरा, राजन श्रेष्ठ, सलिम अन्सारी र रामप्रसाद भट्टराई छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार