८ कार्तिक २०८१, बिहीबार

आफ्नो हीतमा ध्यान एकताबद्ध होउ : ट्रान्सपोर्ट व्यवसायी



धनगढी/ ट्रान्सपोर्ट व्यवसायीहरुले आफ्नो हीतमा उपलव्धी हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

धनगढीमा शनिबार भएको सेती महाकाली ट्रान्सपोर्ट एशोसिएसनको आठौ साधारण सभा र चौथो अधिवेशनमा ट्रान्सपोर्ट व्यवसायीहरुले सो निष्कर्ष निकालेका हुन ।

अधिवेशनको उद्घाट्न गर्दे ट्रान्सपोर्ट एशोसियसनका प्रदेश अध्यक्ष चेतराज जोशीले हामीहरु एकताबद्ध हुन सके धेरै उपलव्धी हासिल गर्न सक्ने बताए । उनले आफूहरुको एकताले नै ट्रान्सपोर्ट एशोसियसनको घर लगायतका भौतिक संरचना बनाउन सकिने बताए ।

ट्रान्सपोर्ट एशोसियसन कैलालीका अध्यक्ष रघुनाथ जैसीले आफूहरु चनाखो र एकताबद्ध नहुँदा सरकारले उचित ढुवानी मूल्य नतोकेको र तोकेको मूल्य पनि पाउन नसकेको बताए ।

पूर्व अध्यक्ष मिठ्ठु कुँवरले ट्रान्सपोर्ट एशोसियसनको नियमित छलफल गरेर ढुवानीमा देखिएका समस्या समाधान गर्न लाग्नु पर्ने सुझाव दिए ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दे ट्रान्सपोर्ट व्यवसायी लोकराज जोशीले सरकारले आफूहरुको सेवालाई चिन्न नसकेको बताउदै सरकारले हाम्रा विषयलाई प्राथमिकतामा राख्ने बनाउन सक्नु पर्ने बताए ।

सो अवसरमा महासचिव अर्जुन खतिवडाले उपभोक्तालाई सुविधा दिदै ढुवानी सेवा अझ मर्यादित र भरपर्दो बनाउनु पर्ने बताए । सो अवसरमा महासचिवको सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

सो अवसरमा संस्था संचालनमा योगदान पुगाउनेहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार