३१ भाद्र २०८१, सोमबार

बझाङको पहिरोमा परेर मृत्यु भएका परिवारलाई एक लाख दिइने




धनगढी/ बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोमा परि मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप प्रति व्यक्ति एक लाख प्रदान गर्ने घोषणा गरेका हुन्।

उनले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्। साथै खोज, उद्दार तथा राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन गरेका छन्।

पहिरोमा परि ५५ वर्षीया काली धामी, विराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशिका धामी र गोल्कीकै कान्छी छोरी वर्ष ३ की लक्ष्मी धामीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार