३१ भाद्र २०८१, सोमबार

यी हुन विश्वासको मतमा भाग नलिने प्रदेश सभा सदस्य




धनगढी/ विश्वास मत लिने प्रक्रिया संसदको सबैभन्दा महत्वपूर्ण मध्येको एक काम तर सोही कार्यमा सुदूरपश्चिमका सात जना प्रदेश सभा सदस्य अनुपस्थित भएका छन् ।

अनुपस्थित हुनेहरुमा माओवादीको संसदीय दलका नेता मानबहादुर धामी विरोधी पक्षका धेरै छन् । त्यसरी अनुपस्थित हुनेमा खगराज भट्ट, रमेश धामी, झपटबहादुर साउद, जानकी कुँवर पौडेल, शिवसिंह ओली छन् । अनुपस्थित हुनेमा धामी पक्षका ओमविक्रम भाट सरल पनि छन् ।

यस्तै गरेर राप्रपाका खेमादेवी विष्ट पनि बुधबारको विश्वासको मत लिने कार्यक्रममा अनुस्थित रहिन । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ अर्थात ३६ मत पाए ।

उनको विपक्षमा आठ मत परेको थियो । त्यसमा एक जनाको मत तथस्टमा जाहेर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार