३१ भाद्र २०८१, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए दुईतिहाई मत




धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ मत पाएका छन् । बुधबार भएको मतदानमा मुख्यमन्त्री शाहले दुईतिहाइ अर्थात ३६ जनाको समर्थन पाएका हुन ।

५३ सदस्यीय प्रदेश सभामा उनको विपक्षमा आठ मत मात्रै परेको छ । भने स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीले आफ्नो मत तथस्टमा जाहेर गरे ।

प्रदेश सभाको पाँचौ अधिवेशनका क्रममा आज बसेको बैठकमा मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ र नागरिक उन्मुक्तीका सात गरेर ३६ मतदान गरे ।

मुख्यमन्त्रीको विपक्षमा विपक्षमा नेकपा (माओवादी केन्द्र ) का १०, नेकपा (एकीकृत समाजवादी) का चार , राप्रपा/स्वतन्त्र १/१ गरेर १६ जनाले मतदान गर्नु पर्ने थियो तर विपक्षका केही अनुपस्थित भए ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह चार महिनापछि साउन २० गते फेरि मुख्यमन्त्री हुनु नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार