३१ भाद्र २०८१, सोमबार

मुख्यमन्त्री शाह विश्वासको मत लिदै (हेर्नुस प्रत्यक्ष प्रसारण)




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन थालेका छन् । बुधबारको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिइरहेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह चार महिनापछि साउन २० गते फेरि मुख्यमन्त्री हुनु नियुक्त भएका हुन ।

उनका पक्षमा दुई तिहाइ मत पर्ने सम्भावना छ । ५३ सदस्यीय प्रदेश सभामा ३६ जनाले दुई तिहाइ पुग्छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तीका सातै जनाले उनको पक्षमा मतदान गरे दुई तिहाइ पुग्ने छ ।

यो बीचमा कांग्रेस, एमालेले शाहको पक्षमा र माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

ह्वीप लगाउनु अघि बसेको एमाले संसदीय दलको बैठक

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार