३१ भाद्र २०८१, सोमबार

एमाले र माओवादीका प्रमुख सचेतक र सचेतक चयन




धनगढी/ एमाले र माओवादी केन्द्रले संसदीय दलका प्रमुख सचेतक र सचेतक चयन गरेका छन् ।

एमालेको संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर वम चयन भएका हुन । मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल र सचेतकमा निर्मलादेवी साउद थिए । पाल भौतिक पूर्वाधार विकासमन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको हो ।

प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित हुन । वम बैतडीबाट समानुपातिक प्रदेश सभा सदस्य छानिएकी थिइन ।

यस्तै गरेर माओवादीले पनि पूर्व राज्यमन्त्री गीतादेवी माललाई संसदीय दलको प्रमुख सचेतक चयन गरेको छ । उनी डडेल्धुराबाट निर्वाचित समानुपातिक प्रदेश सभा सदस्य हुन ।

दलका नेता मानबहादुर धामीले माललाई प्रमुख सचेतक बनाएको बताए । धामी प्रमुख सचेतकबाट दलको नेता भएपछि सो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार