३१ भाद्र २०८१, सोमबार

वर्ल्डलिंकद्धारा सोमबारे औशीमा निशुल्क जुस र पानी वितरण




धनगढी/ साउनको अन्तिम सोमबार साउन शुक्ल सप्तमीको दिन पारेर वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड धनगढीले भक्तजनहरुलाई निशुल्करुपमा जुस र पानी वितरण गरेका छ ।

वर्ल्डलिंकले शिवपुरी धाममा श्रद्धालु भक्तजनहरुलाई लागि निशुल्क जुस र पानीको व्यवस्था गरेको हो ।

हामीले हजारौ भक्तजनहरुलाई जुस र पानी वितरण गरेका छौ वर्ल्डलिंकका सेल्स सुपरभाइजर पारस थापाले भने हामी यसरी नै सेवा गरेर सामाजिक कार्य गरिरहने छौ ।

शिवपुरी धाममा सोमबार लगायतका विशेष धार्मिक कार्यक्रममा पूजापाठका लागि ठूलो भीड हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार