३१ भाद्र २०८१, सोमबार

जोशी भए दोस्रो पटक मुख्य न्यायधिवक्ता




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेका हुन ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले राजीनामा दिएपछि सो पद्मा जोशीलाई नियुक्त गरिएको हो ।

उनले यसअघि पनि शाह मुख्यमन्त्री रहेको बेला मुख्य न्यायाधिवक्ताको रुपमा आठ महिना काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार