३१ भाद्र २०८१, सोमबार

प्रदेश सभा सदस्य दानीद्धारा पहिरोमा परेकाको उपचार र क्षतिपूर्तिको माग



Screenshot


धनगढी/
नेपाली कांग्रेसबाट निर्वाचित जुना दानीले बाजुरामा पहिरोले परेको क्षति बारे जानकारी गराउदै उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताएकी छन् ।

प्रदेश सभाको पाँचौ अधिवेशनमा बोल्दै उनले बर्षाका कारण साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक अवरुद्ध भएकोले चाँडै सञ्चालन गर्न आग्रह गरिन ।

बैठकको सुरुवातमै ढ्पाढयापे समय लिैदै उनले सो माग गरेकी हुन ।

सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन आइतबारदेखि शुरु भएको हो । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ ।

सो अवसरमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सामयिक राजश्व संकलन सम्वन्धी व्यवस्था गर्न बनेको पारित अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरे ।

सो अवसरमा बोल्दै उहाँले राजनीतिक परिस्थिति परिवर्तन भएर बजेट पारित नभएकोले सो अध्यादेश जारी गर्नु परेको स्पष्टीकरण दिए । प्रदेश सरकारले बिहिबार सो अध्यादेश जारी गरेको थियो ।

सो अवसरमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी, अक्कल रावल र गीतादेवी माललाई सार्वजनिक लेखा समिति, ओमविक्रम भाट, माया पन्त र झपट साउदलाई सामाजिक विकास समिति, रमेशसिंह धामी, लक्ष्मी विक बिद्यायन तथा प्रदेश मामिला समितिमा मनोनयन गरिएको बताए ।

प्रदेश सभाको अर्को बैठक साउन २९ गते मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ । यही क्रममा उपयुक्त दिन छनौट गरेर मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार