३१ भाद्र २०८१, सोमबार

विधान मस्यौदामा छलफल गर्दै सेफ सोसाइटी माल्टाको बैठक सम्पन्न




युरोप/ विधान मस्यौदामा छलफल गर्दै अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाको बैठक माल्टामा सम्पन्न भएको छ । वैधानिक रुपमा संस्था दर्तागरी नेपाली खानालाई विश्वमा चिनाउन आधिकारिक रुपमा काम गर्नका लागि तयार पारिएको विधानमाथि छलफल गर्दै बैठक सम्पन्न भएको हो ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु पारित गरेको अध्यक्ष भुसालले बताए । बैठकले पत्रकार धनराज अविरललाई संस्थाको वरिष्ठ सल्लाहकारमा चयन गर्दै जिम्मेवारी प्रदान गर्ने निर्णय पारित गरेको उनले बताए ।

वरिष्ठ सल्लाहकारमा चयन भएपछि पत्रकार अविरलले नेपाली खानालाई विश्वमा चिनाउन कुशल र सक्षम व्यक्तिहरुले नेतृत्व गरेको संस्थाको वरिष्ठ सल्लाहकार हुन पाउँदा खुसी लागेको बताए । लामो समय सामाजिक संघसंस्थामा काम गरेको मेरो अनुभव अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाको संस्थागत विकासमा लगाई संस्थालाई उचाइमा पुगाउन निरन्तर सहयोग गर्दै आफूले पाएको जिम्मेवारी बहन गर्ने अविरलले बताए ।

त्यसैगरी बैठकले सह–सचिवमा श्याम भण्डारी र सह–कोषाध्यक्षमा जितबहादर थापालाई चयन गरेको छ । संस्थाको प्रवक्ताको जिम्मेवारी कृपा सार्की र सुरज राईलाई दिने निर्णय गरेको सचिव सुन्दर घिमिरेले जानकारी दिए।

बैठकमा सहभागी भएका सेफहरुले नेपाली खानालाई विश्वमा चिनाउन र नेपाली खानाको प्रवद्धन गर्न सक्रिय भएर कामगर्नु पर्नेमा जोड दिएका थिए । संस्थामा आवद्ध हुन पाउँदा धेरै खुसी लागेको प्रवक्ताको जिम्मेवारी पाएका कृपा सार्कीले बताए ।

विधान मस्यौदा माथि व्यापक रुपमा छलफल भयो । नेपाली खानालाई विश्वमा चिनाउने गरी उद्येश्यहरु तयार पार्दै सुधार गर्नुपर्ने ठाउँमा आवश्यक हेरफेर गरिएको उपाध्यक्ष बावु अर्यालले बताए । माल्टामा सेफको काम गरी रहेका सेफहरुले बैठकमा उत्साहजनक सहभागिता जनाउँदै छलफलमा भाग लिएको अर्यालले बताए। नयाँ सदस्यता लिएकाहरुलाई बैठकमा प्रमाणपत्र समेत वितरण गरिएको अर्यालले बताए ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीलाई लाल बहादुर विश्वकर्माको अध्यक्षतामा काठमाडौंमा दर्ता गर्न लागिएको अध्यक्ष बासुदेव भुसालले जानकारी दिए । संस्था दर्ता भएपछि देश विदेशमा नेपाली खानालाई चिनाउने गरी गतिविधि गर्ने भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार