३१ भाद्र २०८१, सोमबार

कांग्रेसका संसदीय दलका नेता शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुँदै




धनगढी/ नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुने भएका छन् । यससंगै सुदूरपश्चिममा दोस्रो पटक मुख्यमन्त्री हुने उनी पहिलो नेता हुने भएका छन् ।

उनले आइतबार दिउँसो कांग्रेस र नेकपा (एमाले )का प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरे । शाहको पक्षमा कांग्रेसका १८ र एमालेका ११ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री दावी गर्नका लागि २७ जनाको समर्थन आवश्यक पर्नेमा उनलाई २९ जनाले साथ दिएका छन् ।

आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । यसअघि उनले १४ महिना सरकार चलाएका थिए । उनी सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्री हुने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का दलका नेता दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री हुने भएका हुन ।

प्रदेश प्रमुख मियाँले आज आज आइतबार साँझ ५ बजेसम्मको समयसम्म मुख्यमन्त्रीमा दावेदारी गर्न समयसीमा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार