३ आश्विन २०८१, बिहीबार

अन्तिममा मुख्यमन्त्री हुनबाट पछाडि हटेका प्रकाश देउवा मन्त्री नबन्ने




धनगढी/ सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की भएर अन्तिम समयमा पछाडि हटेका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा मन्त्री नुहने भएका छन् ।

यसअघि कमलबहादुर शाहको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री भएका देउवा शाहपछि मुख्यमन्त्री बन्ने सोचले मन्त्री नबन्ने भएका हुन ।

देउवा सभापति शेरबहादुर देउवा र परराष्टमन्त्री आरजु देउवाको निर्देशनमा मुख्यमन्त्री हुने अवस्थामा पुगेर पनि पछि हटेका हुन । आफ्नो परिवारकोलाई मुख्यमन्त्री बनायो भन्ने आरोप खेप्न कठिनाइ हुने सोचले देउवा दम्पतिले भतिजा प्रकाशलाई मुख्यमन्त्रीको दौडबाट पछि हट्न निर्देशन दिएको कांग्रेस स्रोतको भनाइ छ ।

एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच सुदूरपश्चिममा अबको बाँकी अवधी कांग्रेस र कोशी प्रदेशमा एमालेकै मुख्यमन्त्री रहन दिने सहमति छ । सोही सहमति अनुसार उपयुक्त समयमा देउवा मुख्यमन्त्री बन्ने सम्भावना रहेकोले उनले मन्त्रीमा दावेदारी नगर्ने कांग्रेसका एक नेताले बताए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

शाहले आइतबार दिउँसो नै दावेदारी प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार