३ आश्विन २०८१, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले बुझाए राजीनामा, आइतबारभित्रै नयाँ सरकार बन्ने




धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा बोल्दै मार्ग प्रशस्त गर्ने बताएर प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुभाएसंगै नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनको लागि दुई दिन समय दिइका हुन ।

प्रदेश प्रमुख मियाँले शुक्रबार साँझ विज्ञप्ती जारी गरेर आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार