३ आश्विन २०८१, बिहीबार

मुख्यमन्त्री सोडारीद्धारा राजीनामा




धनगढी/
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्वोधन गर्दे पदबाट राजीनामा दिएका छन् ।

उनले प्रदेश सभामा झण्डै २६ मिनेट लामो सम्वोधन गर्दे नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त गरेको बताए ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने अनुमति लिएको भए पनि प्रस्ताव नगरेको बताउदै बैठक स्थगित गरे ।

मुख्यमन्त्री सोडारी आजै प्रदेश प्रमुख नाजिर मियालाई राजीनामा बुझाउने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का दलका नेता सोडारी एमाले, माओवादी र नागरिक उन्मुक्तीको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार