३१ भाद्र २०८१, सोमबार

गुल्मीका बावु अर्याललाई पर्यो भाग्य चिठ्ठा, पाए दुई लाखको आइफोन




युरोप/ नेपालको गुल्मी घर भएका समाजसेवी राजु अर्याल (बावु) लाई युरोपको माल्टामा भाग्य चिठ्ठा परेको छ । एशियन कर्नरले सोमबार माल्टामा खोलेको भाग्य चिठ्ठा बावु अर्याललाई परेको हो । अर्यालले भाग्य चिठ्ठामा परेको नेपाली दुईलाख मूल्य बराबरको एउटा आइफोन मोबाइल पाएका छन् ।

नयाँ कम्पनी खोलेको खुसीको अवसरमा ४ महिना अघिदेखि एशियन कर्नरले भाग्य चिठ्ठा खुला गरेको थियो । एशियन कर्नरको आग्रहमा बावु अर्यालले पनि एउटा चिठ्ठा काटेका थिए । एक हजार ६ सय जनाले भाग्य चिठ्ठा काटेको जानकारी दिँदै भाग्य चिठ्ठा नेपालका बावु अर्याललाई परेको एशियन कर्नर संचालकले जानकारी दिएका छन् ।

एशियन कर्नरले भाग्य चिठ्ठा सार्वजनिक गर्दा आपनै मार्केटबाट प्रत्यक्ष लाईभ गरेको थियो । लाईभ गरेको दृश्य सबैले हेरी रहेका थिए । बक्समा प्याक गरेर राखिएको भाग्य चिठ्ठा निकाल्दा पहिलो नम्बरमै बावु अर्याललाई परेको थियो । भाग्य चिठ्ठा अर्याललाई परेपछि एशियन कर्नरका संचालकले लाइभमै अर्याललाई फोनगरी हार्दिक बधाई सहित भाग्य चिठ्ठा परेको जानकारी दिएको देख्न सकिन्छ ।

भाग्य चिठ्ठा परेपछि आफूलाई निकै खुसी लागेको अर्यालले बताए । यो अवसरका लागि खाग्य चिठ्ठा आयोजना गर्ने एशियन कर्नरलाई उनले धन्यवाद् समेत दिए ।

अर्यालले भने, “ एशिएन कर्नरको आग्रहमा मैले चिठ्ठा काटेको थिए । रहरले चिठ्ठा परोस् भनेर काटेको थिएन । एक्कासी भाग्य चिठ्ठा परेको भनेर फोन आयो मलाई त विश्वासै लागेन । मोबाईल चेकगर्दा सामाजिक संचालमा भाग्य चिठ्ठा परेको भन्दै बधाई दिएको पोष्टसंगै एशिएन कर्नरको लाईभ पनि हेरे साँच्चै भाग्य चिठ्ठा मलाई नै परेको रहेछ ।”

एशिएन कर्नरले भाग्य चिठ्ठामा परेको मोबाईल लिन अर्यालको परिवारलाई समेत बोलाएको थियो । सपरिवार सहित गएर अर्यालले भाग्य चिठ्ठामा परेको आइफोन मोबाईल हिजो नै बुझिसकेका छन् ।

श्रम गरेर नेपालबाट माल्टा आउने अर्याल पहिलो नेपाली हुन् । १४ वर्षदेखि माल्टामा रहँदै आएका अर्याल आधिकारिक रुपमा माल्टामा परिवार सहित बस्दै आएका छन् ।

यिनै अर्यालले माल्टाको एमसिटा र हाम्रुन भन्ने शहरमा नमस्ते नेपाल मिनि मार्केट संचालन गरी नेपाली सामानको प्रवद्धन गर्नेगरी व्यवसाय गर्दै आएका छन् । माल्टामा सफल व्यवसायीको रुपमा अर्याल चिनिदै आएका छन् ।

व्यवसाय संगै समाजसेवाका कामका समेत अर्याल अग्रसर हुँदै आएका छन् । प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्ष, अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाको उपाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको सल्लाहकारको जिम्मेवारीमा रहेर कामगरी रहेका छन् ।

त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको भूतपूर्व अध्यक्ष एवम् एनआरएनको केन्द्रिय सदस्य समेत भएर अर्यालले काम गरी सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार