२० भाद्र २०८१, बिहीबार

समाचार प्रभाव ब्लड क्यान्सर पीडितलाई सुदूरपश्चिम सेवा समाजद्धारा एक लाख पाँच हजार सहयोग




युरोप/ ब्लड क्यान्सर पीडित सुरज लौडारीलाई सुदूरपश्चिम सेवा समाज माल्टाले एक लाख पाँच हजार २०४ रुपिया आर्थिक सहयोग गरेको छ ।

३ महिना देखि ब्लड क्यान्सर भएर माल्टाको माटर देइ अस्पतालमा भर्ना भएका लौडारीलाई थप उपचारका लागि युके लिनुपर्ने भएकोले बुधबार अध्यक्ष दिपक ठगुन्ना, कोषाध्यक्ष दिनेश नागरी र प्रवक्ता धनराज अविरलले अस्पतालमै बिरामीलाई भेटेर उपचारका लागि आर्थिक सहयोग गरे ।

नेपालको व्यास नगरपालिका १ दमौली घर भएका सुरज लौडारी रोजगारीको शिलशिलामा ६ वर्षदेखि माल्टामा रहदै आएका थिए । एक्कासी शारीरिक रुपमा अस्वस्थ भएपछि अस्पताल गएर चेकजाँदा ब्लड क्यान्सर देखिएको सुरज लौडारीले बताए ।

मेरो मनोबल बढाउदै अस्पतालमै भेटेर आर्थिक सहयोग गरेकोमा सुदूरपश्चिम सेवा समाज माल्टा र संस्था मार्फत सहयोग गर्ने सबैलाई लौडारीले धन्यवाद् दिएका छन् । उनले भने, “ मेरो जीवनको केही भरोसा छैन कतिबेला के हुने हो र म कति बाँच्छु केही थाहा छैन् । मलाई सहयोग गर्ने सबैलाई धन्यवाद छ ।”

केही व्यक्तिहरुले बिरामी भएर अस्पतालमा थला परेको बेला सामाजिक संजालमा जथाभावी लखेकोले मेरो मन निकै दुखेको छ । मेरो अवस्था नबुझी समस्यामाथि थप समस्या थप्ने काम नगरी दिन र वास्तविकता बुझेर लेख्न उनले अनुरोध समेत गरेका छन् ।

पत्रकार धनराज विक (अविरल) ले अनुमोदन खबर अनलाइनमा लेखेको समाचारबाट लौडारी ब्लड क्यान्सर पीडित भई अस्पतालमा भर्ना भएको मैले थाहा पाएको थिए । ब्लड क्यान्सर भएको समाचार आएपछि बिरामीलाई अस्पतालमै भेटेर जुलाई ३ तारिखका दिन आर्थिक सहयोग गरेर आफूले जन्मदिन मनाएको दिपक ठगुन्नाले बताए ।

ब्लड क्यान्सर पीडित लौडारीको उपचारमा लामो समय लाग्ने र साथै पैसा पनि धेरै चाहिने भएकोले सुदूरपश्चिम सेवा समाज माल्टाको तर्फबाट सहयोग रकम संकलन गर्न संस्था मार्फत पहल गरेको ठगुन्ना बताउँछन् । समाचारकै प्रभावका कारण आर्थिक सहयोग रकम संकलनमा समेत सहज भएको उनले बताए ।

ब्लड क्यान्सर भएको समाचार बाहिरीएपछि सुदूरपश्चिम सेवा समाज माल्टाले पनि संस्थागत रुपमा सहयोग गर्नुपर्छ भनेर सहयोग संकलन गरेको कोषाध्यक्ष दिनेश नागरीले बताए । अस्पतालमा आज सहयोग रकम प्रदान गर्नजाँदा बिरामीलाई निराश जनक अवस्थामा देख्दा आफूलाई दुःख लागेको कोषाध्यक्ष नागरीले बताए ।

अस्पतालमा थला परेको बिरामीको बारेमा अनाआवश्यक तथानाम कुरा गरेर मानसिक असर पार्ने गरेको पनि थाहा भयो । उनले भने, “यस्तो बेलामा सके सबैले सहयोग गरौं सहयोग गर्न नसके बिरामीलाई मानसिक समस्या थप्ने काम कसैले नगरौं ।” नेपाल हुँदै माल्टामा आएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार धनराज अविरलको निरन्तर समाचार लेखनको नागरीले प्रशंसा गरे ।

सुदूरपश्चिम सेवा समाज माल्टाका महासचिव शिशिर जनालले संस्थाले सामाजिक र मानविय सहयोगका काम गर्दै आएको बताए । हिजोदेखि आजसम्म संस्था मार्फत सहयोग गर्ने सबैलाई जनालले धन्यवाद् दिएकाछन् । पत्रकार धनराज अविरलले ब्लड क्यान्सर पीडित सुरज लौडारीको बारेमा लेखेको समाचारकै कारण संस्थाले लौडारीको उपचारका लागि आर्थिक संकलन गरेको उनले बताए ।

लौडारीको उपचारको लागि दिपक ठगुन्ना, पुर्व तामाङ,बिनोद पुरी, चन्द्रप्रकाश अवस्थी, लक्सु चौधरी, दिनेश नागरी, धनराज अविरल, शेरसिंह ठगुन्ना, धनकुमार ठगुन्ना, शिशिर जनाल, नरेन्द्र पाण्डे, टेराज पनेरु,नारायण गौतम, रञ्जु भण्डारी, पन्चुथिग तामाङ, शिला रिजाल, आशिस मल्ल ठकुरी, लालबहादुर ढेंगा र रमेशबहादुर चटौतले सहयोग गरेका थिए ।

गुल्मी घर भएका समाजसेवी समीर थापाले समाचारकै प्रभावका कारण जताततैबाट ब्लड क्यान्सर रोगबाट पीडित सुरज लौडारीको उपचारको लागि सहयोग रकम संकलन भइरहेको बताए । उनले भने, “ पत्रकार धनराज (अविरल) ले लेखेको समाचार पढेर नै मैले लौडारीलाई ब्लड क्यान्सर भएको थाहा पाएको हुँ ।

समाचारकै कारण केही सहयोग मैलेपनि गरेको छु ।” एउटा समाचारको प्रभाव कतिपर्ने रहेछ भन्ने आफूले यतिबेला थाहा पाएको थापाले बताए । समाचारमा आएको कुरा सबैले विश्वास गर्ने र सहयोग संकलन गर्नपनि सजिलो हुने रहेछ । समाचारकै प्रभावका कारण विभन्न संघसंस्था र व्यक्तिहरु सहयोग गर्न अग्रसर भएको थापा बताउँछन् ।

सुदूरपश्चिम सेवा समाज माल्टाले ब्लड क्यान्सर पीडित सुरज लौडारीको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको संस्थाका सल्लाहकार नरेन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार