२२ भाद्र २०८१, शनिबार

समाचार प्रभाव : ब्लड क्यान्सर पीडितलाई नेपाली सेफ सोसाइटी माल्टाले गर्यो एक लाख २४ हजार सहयोग



युरोप/ ब्लड क्यान्सर पीडित सुरज लौडारीलाई अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले एक लाख २४ हजार ४१० रुपियाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको व्यास नगरपालिका १ दमौली घर भएका लौडारी तीन महिनादेखि ब्लड क्यान्सर भएर माल्टाको माटर देइ अस्पतालमा भर्ना भएको र थप उपचारका लागि युके लिनुपर्ने भएकोले आर्थिक सहयोग गरेको अध्यक्ष बासुदेव भुसालले बताए ।

पत्रकार धनराज विक (अविरलले) अनुमोदन खबर अनलाइनमा लेखेको समाचारबाट लौडारी ब्लड क्यान्सर पीडित भई माल्टाको अस्पतालमा भर्ना भएको हामीले थाहा पाएका थियौ । ब्लड क्यान्सर भएको समाचार आएपछि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले जुलाई ८ तारीखका दिन आयोजना गरेको वनभोज कार्यक्रममा संस्थाका पदाधिकारीहरुले आर्थिक सहयोग रकम संकलन गरेको भुसालले बताए ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका उपाध्यक्ष बावु अर्यालले सुरज लौडारीलाई ब्लड क्यान्सर भएको समाचार बाहिरीएपछि धेरै दुःख लागेको भन्दै लौडारीलाई सहयोग गर्ने बारे संस्थामा छलफल भएको र वनभोज कार्यक्रममा सहयोग रकम संकलन गरिएको अर्यालले जानकारी दिँदै सहयोग गर्ने सबैलाई उनले धन्यवाद् दिएका छन् ।

ब्लड क्यान्सर रोगबाट पीडित सुरज लौडारीको उपचारका लागि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले वनभोज कार्यक्रममा उठाएको रकम हेल्पलाइन माल्टाले जुलाई १३ तारीखका दिन आयोजना गरेको धुर्मुस सुन्तली साँझ कार्यक्रममा हस्तान्तरण गरिएको सचिव सुन्दर घिमिरेले बताकाछन् । बिरामीकै उपचारका लागि माल्टामा धुर्मुस सुन्तली साँझ कार्यक्रम आयोजना गरिएको थियो ।

समाजसेवी समीर थापाले समाचारकै प्रभावका कारण जताततैबाट ब्लड क्यान्सर रोगबाट पीडित सुरज लौडारीको उपचारको लागि सहयोग रकम संकलन भइरहेको बताए ।

उनले भने, “ पत्रकार धनराज (अविरल) ले पहिलो पटक लेखेको समाचार पढेर नै ब्लड क्यान्सर भएको थाहा पाएको हुँ र केही सहयोग मैलेपनि गरेको छु ।” एउटा समाचारको सकारात्मक प्रभाव कतिपर्ने रहेछ भन्ने आफूले यतिबेला थाहा पाएको थापाले बताए ।

माल्टामा सक्रिय पत्रकारिता गर्दै आउनु भएका पत्रकार धनराज अविरलले अनुमोदन खबरमा लेखेको समाचार पढेरनै सुरज लौडारीलाई ब्लड क्यान्सर भएको मैले थाहा पाएको हुँ । समाचार पढेपछि बिरामीलाई अस्पतामै भेटेर जुलाई ३ तारीखका दिन १ सय ५१ युरो आर्थिक सहयोग गरेर जन्मदिन मनाएको सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक ठगुन्नाले बताए ।

समाचारकै प्रभावका कारण माल्टामा रहेका विभन्न संघसंस्था र व्यक्तिहरुले सहयोग रकम संकलनलाई तीब्र रुपमा अगाडी बढाएको ठगुन्ना बताउछन् ।

ब्लड क्यान्सर पीडित सुरज लौडारीको अन्लाईनमा समाचार बाहिरिएपछि सुदूरपश्चिम सेवा समाज माल्टाको पनि ध्यानाकर्षण भएको र संस्थागत रुपमा संकलन गरेको सहयोग रकम अस्पतालमा बिरामीलाई भेटेर नै दिने तयारी समेत संस्थाले गरेको अध्यक्ष ठगुन्नाले बताए ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टा परिवारले ब्लड क्यान्सर पीडित सुरज लौडारीको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आवश्यक परेमा फेरीपनि सहयोगलाई निरन्तरता दिने महततम क्षेत्रीले बताए ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार