२१ भाद्र २०८१, शुक्रबार

सुदूरपश्चिमबाट पहिलो पटक चारजना संघीय मन्त्री




धनगढी/ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सुदूरपश्चिमबाट चार जना प्रतिनिधि सभा सदस्यहरु संघीय सरकारका मन्त्री भएका छन् । सम्भवत सुदूरपश्चिमबाट पहिलो पटक एउटै क्याविनेटमा यति धेरै मन्त्री भएका हुन ।

मन्त्री हुनेमा कांग्रेस नेताहरु रमेश लेखक, डा. आरजु राणा देउवा, बद्री पाण्डे र एमाले नेता दामोदर भण्डारी छन् ।
लेखकलाई गृह, राणालाई परराष्ट्र, पाण्डेलाई पर्यटन र भण्डारीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लेखक कञ्चनपुर–३, पाण्डे बाजुरा, भण्डारी बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । राणा भने समानुपातिकबाट प्रतिनिधि सभा सदस्य भएकी हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार