२१ भाद्र २०८१, शुक्रबार

प्रदेश सरकार दलित महिलाबाट पहिलो क्याविनेट मन्त्री बनिन लक्ष्मी




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) बाट लक्ष्मी विक दलित महिलाबाट पहिलो क्याविनेट (पूर्ण) मन्त्री बनेकी छन् । उनले शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएकी छन् । गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएकी विकले हालै मन्त्रालयको जिम्मेवारी पनि पाएकी हुन् ।

यसअघि त्रिलोचन भट्ट मुख्यमन्त्री रहदा प्रदेश सरकारमा नेपाली कांग्रेसका टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री, एमालेका अर्चना गहतराज आर्थिक मामिला राज्यमन्त्री र माओवादीकै मानबहादुर सुनार भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री भएका थिए ।

नेतृ विक भने यसपटक मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारमा क्याविनेट दलित महिलाबाटै पहिलो पूर्ण जिम्मेवारी सहितको प्रदेश मन्त्री बन्ने पहिलो हुन । मुख्यमन्त्री सोडारीको सरकारमा पहिलो पटक दलित पुरुष मन्त्री बन्ने मौका समेत कञ्चनपुरका हिरा सार्कीले पाएका छन् । उनी एमालेका प्रदेश सभा सदस्य हुन ।

भट्टपछिका सरकारले दलित महिलाबाट मन्त्री तथा राज्यमन्त्री समेत बनाइएका थिएनन् । हाल दलित समुदायबाट सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक/एक गरेर तीन जना सांसद छन् ।

नेतृ विक दार्चुला जिल्लाबाट प्रदेश सभा सदस्य बनेकी हुन ।

यस्तो छ विए पास गरेकी ४१ वर्षीय मन्त्री विक राजनीतिक जीवन -२०५६ मा विद्यार्थी जीवनदेखि राजनीति सक्रिय भई विद्यार्थी संगठन र दलित संगठनमा जिल्ला सदस्य
-२०५९ एकता केन्द्र मसालको पार्टी सदस्यता लिएको
-२०६० जातीय समता समाजको कन्चपुरको जिल्ला सचिव
-२०६१ अनेमसंघ कञ्चनपुरको जिल्ला कोषाध्यक्ष
-२०६२ जनमोर्चा नेपालको महेन्द्रनगर नगर कमिटी सदस्य
-२०६३ जनमोर्चा जिल्ला कमिटी सदस्य
-२०६४ अनेरास्ववियुको जिल्ला अध्यक्ष र महिला संगठन क्षेत्रीय अध्यक्ष र राजनमोर्चाको सविधान सभाको समानुपातिक उम्मेदवार
-२०६५ राष्टिय जनमोर्चाको दार्चुला जिल्ला उपाध्यक्ष र नेकपा मसालको सेती महाकाली क्षेत्रीय व्युरो सदस्य
-२०६७ एकता प्रक्रियावाट एकिकृत माओवादीको सेती महाकाली राज्य कमिटी सचिवालय सदस्य
-२०६९ हैटोडा सातौ महाधिवेशन प्रतिनिधि
-२०७२ नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटी सदस्य
-२०७४ माओवादी केन्द्रको तर्फवाट गाउपालिका उपाध्यक्षको उम्मेदवार तथा प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार
-२०७५ एकता प्रकियावाट नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र अनेमसंघ केन्द्रीय सचिवालय सदस्य
-२०७८ देखि हालसम्म नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज

यस्तो छ मन्त्री विकको राज्यका निकायमा काम गरेको अनुभव
२०६३ -शुक्लाफाटा आरक्ष पीडित आयोगको सदस्य
२०६५ -दार्चुला जिल्लाको सर्वदलीय राजनितिक संयन्त्रको सदस्य
२०६५ -२०६७ नेपाल सरकार, दलित वर्ग उत्थान जिल्ला समन्वय समिति दार्चुलाको उपाध्यक्ष हाल : सुदूरपश्चिम प्रदेश सरकारको शिक्षा, युवा तथा खेलकुदमन्त्री

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार