१८ असार २०८१, सोमबार

किसान महासंघले मनायो धान दिवस




धनगढी/ अखिल नेपाल किसान महासंघ सुदुरपश्चिमले प्रदेशभरि २१ औ रास्ट्रीय धान दिवस प्रदेसका विभिन्न स्थानमा किसानहरुका खेतमा गएर धान रोपेर मनाएको छ।

बझाङ ,बाजुरा डोटि,दार्चुला,कैलाली कंचनपुर जिल्लाका विभिन्न स्थानमा अखिल नेपाल किसान महासंघको आयोजनामा नेकपा (एमाले) का नेता कार्यकर्ताहरु जम्मा भएर राष्टिय धान दिवस मनाएको अखिल नेपाल किसान महासंघका सुदुरपश्चिम अध्यक्ष मदन रेग्मीले बताए ।

धनगढीमा पनि एमालेका पोलिटव्यूरो सदस्य लिला भण्डारी र उद्योग वणिज्य तथा आपूर्तिमन्त्री दामदोर भण्डारी, केन्द्रीय सदस्य सन्तोष शर्मा थापा, एमालेका प्रदेश सचिव रणबहादुर चन्दको उपस्थितिमा धनगढी उपमहानगरपालिका ८ को धनगढी गाउका किसान वलबहादुर चौधरीको खेतमा धान रोपेर धान दिवस मनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार