सुदूरपश्चिमको बजेट अघिल्लो वर्षभन्दा दुई अर्ब बढ्यो
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छन् ।
चालू तर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पूँजीगत खर्च १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार (५५.७२ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ९२ करोड ७० लाख १० हजार (९.०५ प्रतिशत), वित्तीय व्यवस्थापनमा १० करोड (०.३१ प्रतिशत) विनियोजन भएको छ ।
भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । उर्जा सिचाईका लागि तीन अर्ब ६१ करोड छ । सरसफाइ र खानेपानीमा १ अर्ब ९२ करोड बजेट छुट्टयाएको छ । शिक्षा स्वास्थ्यका लागि छ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । कृषिमा ३ अर्ब ९ करोड बजेटवन पर्यटन मन्त्रालयका लागि दुई अर्ब चार करोड, आन्तरिक मामिला मन्त्रालयका लागि ३८ करोड ६९ लाख बजेट छुट्टयाएको छ ।
अधिकांश कार्यक्रमहरु विगतकै दोहो¥याएको सरकारले आ.व. २०८१/८२ देखि दलित अधिकार दशक घोषणा गर्ने यहाँका दलितको अवस्था अध्ययन गरी गुरुयोजना बनाउन बजेट छुट्टयाएको छ ।
चालू आव २०८०/८१ मा मा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट थियो । चालू तर्फ ३२.७९ प्रतिशत, पूजीगततर्फ ५८.१६ प्रतिशत, अन्तरसरकारी वित्त हस्तान्तरणमा ८.०२ प्रतिशत र वित्तीय व्यवस्थापनमा १.०३ प्रतिशत विनियाजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २.२१ प्रतिशतले चालू खर्च बढेको छ ।