१२ असार २०८१, मंगलवार

एमालेको धारणा धनगढीमा फोहोर सकंलन कर हटाउ



धनगढी/ धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन नेकपा एमाले धनगढीले माग गरेको छ ।

आज नेकपा एमाले धनगढी उपमहानगर कमिटिले मेयर गोपाल हमाललाई ज्ञापनपत्र बुझाउँदै फोहोर माथी लगाइएको कर हटाउन माग गरेको छ ।

उपमहानगर कमिटिकि नव निर्वाचित अध्यक्ष अम्बिका विष्ट मल्लले पछिल्लो समय धनगढी उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा लगाएको करबाट नगरबासी आतंकित भएका कारण फोहोरमा लगाइएको कर हटाउन माग गरिएको बताइन् ।

जनताका आधारभुत आवश्यक्ता भित्र पर्ने स्वास्थ्य र सरसफाई जस्तो क्षेत्रमा समेत कर लगाउनु अव्यवहारिक छ ज्ञापनपत्रमा भनिएको छ “स्वास्थ्य र सरसफाई स्थानिय सरकारको प्रमुख दायित्व रहेका कारण उपमहानगरबासीमा दिइने सेवा बारे दायित्वबोध हुन जरुरी छ, आम नागरिकले दैनिक जीवन निर्वाह गर्दा हरेक शिर्षकमा सरकारलाई तिर्दै आएको कर यति धेरै छ कि आम्दानी कर, घरबहाल कर, मालपोत, व्यवसाय कर, अनेकौँ शिर्षकमा कर तिरिरहनु परेको छ ।”

नागरिकले सबै क्षेत्रमा राज्यलाई कर बुझाएपनि फोहोरको समेत कर लगाउनु अव्वहारिक रहेको गुनासो बढेपछि उपमहानगरका मेयर गोपाल हमालको ध्यानाकर्षण गराएको उपमहानगर कमिटी अध्यक्ष मल्लले बताइन् ।

एमाले हरेक जनताका जनजिविकाका सवालमा बिगतबाटै आवाज उठाइरहेको छ उनले भनिन् “जनताका समस्या सम्बोधन होउन, राज्यलेनै जनतालाई हरेक क्षेत्रबाट मारमा पार्ने काम नगरोस, आफ्नो दायित्व राज्यले पुरा गरोस भन्ने हाम्रो माग हो, हामी जनतालाई परेका पीर मार्का सधैँ उठाउने छौँ, यस विषयमा मेयर साप गम्भिर हुनुहुने छ भन्ने अपेक्षा लिएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार