१२ असार २०८१, मंगलवार

कांग्रेसले भन्यो : मन्त्रालय फुटाउने कुरामा हाम्रो आपत्ति छ



धनगढी/ नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सरकारले मन्त्रालय फुटाउन गरेको तयारीको विरोध गरेको छ ।

मंगलबार संसदीय दलका नेता कमलबहादुर शाहले पत्रकार सम्मेलन गर्दे सरकार बनेको ५४ दिन भएको छ बल्ल सरकारले पूर्णता पाएको छ तर मन्त्रालयभन्दा मन्त्री धेरै छन् यसको अर्थ मन्त्रालय फुटाउने भन्ने हो, राज्यको व्ययभार बढाउनु हुँदैन भने ।

सरकारले सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्छ । मन्त्रालय टुटाएर फुटाएर राज गर्न कुराको हामी विपक्षमा छौ उनले भने । सुदूरपश्चिममा सात मन्त्रालय छन् त्यसमा तीन राज्यमन्त्री थप्न मिल्छ तर सरकारले मन्त्रालय फुटाउने गरेर सोमबार १० मन्त्री बनाएको छ ।

उनले भने, हामीले नीति तथा कार्यक्रमको विरोध गरेनौ रणनीति अनुसार त्यो गरेका हौ त्यही रणनीतिको नतिजा सरकारमा धेरै मन्त्री थपिए उनले भने, हाम्रो सबै रणनीति त भन्दैनौ तर प्रदेश सरकारले ल्याएको नीति कार्यक्रम अनुसार बजेट आए आफूहरुलाई मान्य हुनेछैन ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा हामीले मानेका दिवंगत धरोहरका नाम आएका छन, अरु केही छैन त्यसैले यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन, यसलाई सुधार गर्नुपर्छ, नीति तथा कार्यक्रम अनुसारकै बजेट आए हामी प्रतिवाद गर्नेछौ उनले भने ।

अहिलेको बजेटमा बिचौलियाको बिगबिगी भएको समाचार आएको छ बजेट बिचौलिया केन्द्रित बजेट भएको खण्डमा पास गर्न नदिने पनि कांग्रेसको दलका नेता शाहले बताए ।

उनले फरक प्रसंगमा भने, हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ तर, त्यो नीति तथा कार्यक्रममा आएका छन् हाम्रो त्यसमा विरोध छ ।

उनले बजेट बनाउने काम पार्टीका कार्यकर्ता र सचिवालय गरेको भन्ने सुनेको छु त्यो पनि दुर्भाग्य हो । त्यसतर्फ सरकारलाई गम्भीर बन्न आग्रह गर्दछु भने । कर्मचारीहरूलाई विधि प्रक्रियामा रहेर अगाडि बढ्न पनि आग्रह गर्दे उनले सही काम गर्नुस सही काममा कांग्रेसको साथ रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार