१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्री सोडारीको सपथग्रहणमा जान नपाउदा दुखित छु : पूर्वमुख्यमन्त्री शाह




धनगढी/सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सपथग्रहण कार्यक्रममा जान नपाउदा दुखित भएको बताएका छन् ।

धनगढीमा आयोजित नीति तथा योजना आयोगको कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री शाहले आफूलाई प्रमुख सचिवले सपथग्रहणमा उपस्थित हुन आग्रह गर्नु भएको थियो तर उपस्थित हुन सकेन ।

शाहले भने त्यतिबेला विभिन्न कारणले उपस्थित हुन सकेन । सार्वजनिक कार्यक्रममा यो कुरा भनेर बधाई दिउला सोचेको थिए आज मौका मिल्यो । मैले मौखिकरुपमा बधाई चै दिएको थिए ।

उनले मुख्यमन्त्री सोडारीको कार्यकाल सफल बनाउन प्रमुख प्रतिपक्षको दलको नेताको रुपमा सहयोग गर्ने पनि बताए । बजेट बेला यस्तो धारणा आयो नसोच्नुस, हामी सहयोग गर्ने छौ उनले भने ।

पूर्व मुख्यमन्त्री शाहले मुख्यमन्त्री सोडारीको राजनीतिक इतिहासको चर्चा गर्दे सांकेतिक रुपमा त्यो इतिहासलाई अझ गर्विलो बनाउने गरेर काम गर्न पनि आग्रह गरे ।

नेपाली कांग्रेस र रेशम पक्षधर नागरिक उन्मुक्ति दलका प्रदेश सभा सदस्यहरु अबैधानिक रुपमा सोडारी मुख्यमन्त्री भएको भन्दै सपथग्रहण बहिस्कार गरेका थिए । सो विषयमा सर्वोच्च अदालतमा मुद्धा पनि परेको थियो तर सो मुद्धा सर्वोच्चले खारेज गरिसकेको छ ।

सर्वोच्चले मुद्धा खारेज गरेपछि कांग्रेस र रेशम पक्षधर उन्मुक्तिका प्रदेश सभा सदस्यहरु प्रदेश सभाका बैठकमा समेत सहभागिता जनाउन थालेको छ भने मुख्यमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार