१० श्रावण २०८१, बिहीबार

एमालेको धनगढी नगर अध्यक्षमा विष्ट र सचिवमा जोशी विजयी



धनगढी/ नेकपा (एमाले) को धनगढी उपमहानगर कमिटीको अध्यक्षमा अम्बिका विष्ट अत्याधिक मत मतले विजयी हुनु भएको छ ।

विष्टले १२८ मत पाएकी छन् । उनका निकटम् प्रतिद्धन्द्धी कमलसिंह रानाले ६९ र अर्का प्रतिद्धन्द्धी मदनराज रेग्मीले ४७ मत पाए ।

यस्तै उपाध्यक्षमा पर्वत चौधरीले १०६ मत पाएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रत्यासीमा प्रेमबहादुर महराले ९५ र ऐनबहादुर सिंह ३५ मत पाए ।

सचिवमा युवा नेता चन्द्रप्रकाश जोशी विजयी भएका छन् । उनले ११५ मत पाए । भने उनका प्रतिद्धन्द्धी अभिषेक नाथ लोकले ८१ र छेदालाल चौधरीले ३८ मत पाए ।

यस्तै दुई उपसचिवमा सरस्वति चन्द र जनक ढकाल विजयी भए । चन्दले १०८ र ढकालले १०३ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार